कोरोनाको खोप ल्याउन दर्ता आह्वान
पुस २९, काठमाडौं । कोरोना विरुद्ध आपतकालिन प्रयोगका लागि अनुमति पाएका खोप भित्र्याउन चाहने आयातकर्ता तथा उत्पादकहरुलाई दर्ता प्रक्रियामा सहभागी हुन औषधि व्यवस्था विभागले आह्वान गरेको छ ।
विभागले बुधबार एक सूचना जारी गर्दै दर्ता प्रक्रियामा सहभागी हुन भनेको हो । कोभिडविरुद्धको खोप ल्याउन सजिलो होस् भनेर यसअघि नै सरकारले औषधि ऐनलाई संशोधन गरेको थियो । आयातकर्ताको छनौट उनीहरुको कागजपत्र र भ्याक्सिनको विवरण हेरेर गरिनेछ । नियामक निकायले आपतकालीन प्रयोगको लागि अनुमति नदिएको भ्याक्सिनलाई दर्ता गर्न दिने छैन ा
गत सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप निःशुल्क वितरण गर्ने बताएका थिए । उक्त कार्यक्रम मार्फत उनले निजी कम्पनीलाई पनि खोप आयातमा संलग्न गराउने बताएका थिए ।
विभागमा दर्ता रहेका वा दर्ता गरी आयात गर्ने मनशाय राखेका उत्प...
