Monday, July 27[email protected]
Shadow

नेकपा ओली समूहका स्वास्थ्यकर्मीहरुको भेला मदन भण्डारी कलेजमा

काठमाडौँ, पुस १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूह नजिक देखिने अगुवा स्वास्थ्यकर्मीहरुको भेला भएको छ ।


सोमबार नयाँ बानेश्वरस्थित मदन भण्डारी कलेजमा भेलामा अधिकांश पूर्व एमाले तर्फका नेकपा सम्वद्ध स्वाथ्यकर्मीहरु सभागी थिए ।

वर्तमान समसामयिक सन्दर्भमा अगुवा स्वास्थ्यकर्मीको छलफल तथा अन्तरक्रिया नाम दिइएको भेलालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्वोधन गरेका थिए । उनले पार्टीमा देखा परेको राजनीतिक संकटबारेमा विस्तृत रुपमा व्याख्या गरेका थिए ।

उनले ओली समूह नै आधिकारिक नेकपा भएको भन्दै पेशागत तथा जनवर्गीय संगठनहरु अहिले कतै विचलित नहुन आग्रह गरे । सो क्रममा उनले प्रतिनिधिसभा भंग लगायतका राजनीतिक परिवर्तनमा देखा पर्नुको कारण विस्तृत रुपमा अथ्र्याउने कोशिष गरे ।

नेकपा स्वास्थ्य सम्वद्ध विभाग प्रमुख एवं सांसद सुजिता शाक्यले सबै स्वास्थ्यकर्मीहरु एक जुट रहेको र आफूहरुले गोलवद्ध गरेको संगठनमै रहन समेत आग्रह गरिन । उनले प्रचण्ड माधव नेपाल समूहको गलत कदमका कारण देशमा यो अवस्था आएको आरोप समेत लगाइन ।

भेलामा राष्ट्रिय स्वास्थ्यकर्मी संघका उपाध्यक्ष रामहरि ढकाल, रावबहादुर चन्द, नेपाल नर्सिङ संंघका पूर्व अध्यक्ष तारा पोखरेल, नेपाल नर्सिङ संघको बरिष्ठ उपाध्यक्ष रमेश सुब्बा सहित विभिन्न संघसंस्थामा कार्यरत अगुवा स्वास्थ्यकर्मीहरु सहभागि थिए ।

भेलामा चिकित्सक, जनस्वास्थ्यकर्मी, नर्सिङ अधिकारी, प्यारामेडिक्स, प्रयोगशालाकर्मीहरुको बाक्लो उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published.