रौतहट
पवन राज गुप्ता
दलित टोलमा पुगे इशनाथका मेयर र उप मेयर
ईशनाथ नगरपालिका अन्तर्गत वडा नं.५ लक्ष्मीनीया स्थित दलित टोलमा सो नगरपालिका का नगर प्रमुख सन्तोष मेहता र उप प्रमुख हुस्न आरा खातुनले कम्बल वितरण गरेका छन । पछिल्लो १ साता देखि तराइमा शितलहर बढे संगै नगर प्रमुखको चासो अनुरुप सो टोलका ४० दलित परिवार लाई कम्बल वितरण गरिएको हो । नगर वासीको जिउ ज्यान जोगाउन आफ्नो तर्फबाट कुनै कमजोरी न हुने भन्दै नगर प्रमुख मेहताले अन्य वडामा समेत आवश्यक परिवार लाई जाडो छल्ने सामग्री वितरण गर्नुका साथै सार्वजनिक स्थानहरुमा दाउरा बाल्ने बारे छलफल भैइ रहेको बताएका छन । कम्ब्ल वितरण कार्यक्रम मा सो वडाका वडा अध्यक्ष शेख निसार, वडा सदसय गुलाबी र वडा नं.६ का वडाअध्यक्ष रामेशवर साह सहित स्थानीय भद्रभलादमीको उपस्तिथि रहेको थियो ।

