Monday, July 27[email protected]
Shadow

भोलीदेखि जसपाको दोस्रो चरणको आन्दोलन

पौष २४, काठमाण्डौ, संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टीले दोस्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरेको छ ।

पुस २५ गतेदेखि माघ ७ गतेसम्मको कार्यक्रम घोषणा अनुसार भोलि विराटनगर, धनगढी र भैरहवामा आमसभाको घोषणा गरिएको छ भने पुस २७ गते वीरगञ्ज, नेपालगञ्ज र जनकपुर तथा पुस २९ गते पोखरा, सुर्खेत र विर्तामोड र माघ ३ गते धरान, मलगंवा, सिरहा, कलैया, तौलिहवा र रौतहटमा आमसभाको आयोजना गरिएको छ । यस्तै माघ ७ गते सबै जिल्लाका सदरमुकाम लगायत प्रमुख शहरहरुमा जनप्रदर्शन गर्ने कार्यक्रम तय पनि जसपाले तय गरेको छ ।

भोलि हुने कार्यक्रमका लागि संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भटराई, अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य मृगेन्द्र सिंह यादव विराटनगर, कार्यकारिणी सदस्यहरु नवराज सुवेदी, गोविन्द चौधरी, दुर्गा सोव धनगढी र जसपा नेपाल अध्यक्ष महन्थ ठाकुर, कार्यकारिणी सदस्य महेन्द्रराय यादव र सर्वेन्द्रनाथ शुक्ला भैरहवा जाने भएका छन् ।

Leave a Reply

Your email address will not be published.