Thursday, July 30[email protected]
Shadow

समाचार

नेविसंघ महामन्त्रीमा त्रिविका आंशिक प्रध्यापकसमेतको दावी

नेविसंघ महामन्त्रीमा त्रिविका आंशिक प्रध्यापकसमेतको दावी

समाचार
काठमाडौं, माघ १६ । नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महामन्त्रीको आकांक्षीले आफ्नो लविङलाई तिव्र पारिरहेका छन्। शिर्ष नेताहरुबीच भागवण्डामा कुरा मिलेपछि विद्यार्थी नेताहरुले दौडधुप गरिरहेका हुन्। अध्यक्षमा राजिव ढुङ्गानाको नाममा लगभग सहमति भईसकेकोले सो पछिको महत्वपुर्ण पद महामन्त्रीमा ८ पदका लागि करिब डेढ दर्जन नेताहरुले आआफ्नो गुटमा दावी पेश गरेका हुन।संस्थापन र पौडेल समुहले घरघ र सिटौला समुहले द्द पाउने गरी भागवण्डा भएको छ। सिटौला पक्षमा महामन्त्रीमा खासै विवाद रहेको नदेखिएपनि संस्थापन र पौडेल समुहमा आकाक्षीको व्यवस्थापनमा कठिन देखिएपनि आगामी काँङ्ग्रेस केन्द्रिय कार्यसमितको वैठकबाट नयाँ कार्यसमिति घोषणा हुने सम्भावना देखिएको छ। संस्थापन पक्षबाट महामन्त्रीको आकांक्षीमा शुभराम बस्नेत, महेश्वरी कुवर, संजय यादव, मनोज वैद्य, दुजाङ शेर्पा, मनिष सिजापति लगायत रहेका छन् ...
सरकार र सहकारी अभियानमा आवश्यकताअनुसारको ऐन संशोधन गर्नुपर्नेमा जोड

सरकार र सहकारी अभियानमा आवश्यकताअनुसारको ऐन संशोधन गर्नुपर्नेमा जोड

कृषि र सहकारी, विजनेश, समाचार
काठमाडौं । सहकारी ऐन २०७४ कार्यान्वयनमा आउन नपाउँदै संसोशन तयारी सुरु भएको छ । सहकारी ऐन आएको दुई वर्ष नपुग्दै ऐन संशोधनका लागि सहकारी अभियानले सक्रियता बढाएको छ । ऐन संशोधनका लागि राष्ट्रिय सहकारी महासंघले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सुझावसमेत पठाएको छ । ऐन संशोधनका लागि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा समेत छलफल सुरु भएको छ । सहकारी ऐन अनुसार सहकारी सञ्चालन गर्न समस्या हुने भन्दै ऐन संशोधनका लागि लबिङ गर्दै आएका छन् । कार्यक्रममा बोल्दै सांसद एवम् सहकारी उपसमिति संयोजक घनश्याम खतिवडाले सरकार र सहकारी अभियानको आवश्यकताअनुसार ऐन संशोधन हुन सक्ने बताए । खतिवडाले सहकारीले ठगी गरेको, नाफामा मात्रै केन्द्रित भई बचत तथा ऋणको कारोबार गर्ने गरेको र सन्दर्भ व्याजदर कार्यान्वयनमा ध्यान नदिएको बताए । सहकारी कमजोर खम्बाका रुपमा रहेको भन्दै सहकारीलाई निर्यात प्र...
साढे ७८ लाख रुपियाँले बढ्यो युनाईटेड फाइनान्सको खुद नाफा

साढे ७८ लाख रुपियाँले बढ्यो युनाईटेड फाइनान्सको खुद नाफा

विजनेश, समाचार
युनाईटेड फाइनान्सको खुद नाफा गत गत वर्षको पुससम्मको तुलनामा ७८ लाख ५४ हजार रुपैयाँले बढेको छ । युनाईटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको यस अवधिमा फाइनान्सले तीन करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। पुस मसान्तसम्ममा ६ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले पाँच अर्ब ७४ करोड २२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। समीक्षा अवधिमा फाइनान्सले १७ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यहि अवधिको तुलनामा ३ करोड ७८ लाख रुपैयाँले बढी हो। गत वर्षको यहि अवधिमा फाइनान्सले १४ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। चुक्ता पूँजी एक अर्ब ४ करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २४ करोड १८ लाखख रुपैयाँ रहेको छ। यस्तै, फाइनान्सको रिटेन्ड अर्निङ्ग ४ करोड ७१ लाख रुपैयाँ छ।...
लुम्बिनी प्रादेशिक अस्पताल अध्यक्षमा भट्टराई

लुम्बिनी प्रादेशिक अस्पताल अध्यक्षमा भट्टराई

समाचार
  रुपन्देही । प्रदेश नं ५ सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा सूर्यबहादुर भट्टराईलाई मनोनित गरेको छ । बुटवलमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पाल्पाको मदनपोखरा स्थायी घर भई हाल बुटवल निवासी भट्टराईलाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो । स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका ५५ वर्र्षीय भट्टराई २०५९ सालमा पश्चिम नेपाल बस व्यवसायी सङ्घको अध्यक्ष हुनुभएको थियो । पछिल्लो समय रम्भादेवी कलेज अफ मेडिकल साइन्सेजमा अध्यक्षका रुपमा रहनुभएका भट्टराई सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ । बैठकले सदस्यमा रिज्जु श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै आजको बैठकले रोल्पा अस्पताल विकास समिति...
एनआरएनएले भ्रमण वर्षको अन्तरराष्ट्रिय प्रचारप्रसार गर्ने

एनआरएनएले भ्रमण वर्षको अन्तरराष्ट्रिय प्रचारप्रसार गर्ने

पर्यटन, विजनेश, व्यानर न्यूज, समाचार
कास्की । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पु¥याउन विश्वका विभिन्न मुलुकमा प्रचारप्रसार गरी भ्रमण वर्षको सन्देश पु¥याउने भएको छ । यही माघ ४ र ५ गते रुपा गाउँपालिकास्थित रुपाकोटमा बसेको सङ्घको अन्तरराष्ट्रिय समन्वय परिषद्को बैठकका निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै भ्रमण वर्षमा विदेशीलाई नेपाल घुम्न प्रेरित गर्ने र भ्रमण वर्षमा नआउने पर्यटकका लागि समेत नेपाल घुम्नका लागि उपयुक्त रहेको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवाह गरिने सङ्घका अध्यक्ष कुमार पन्तले बताउनुभयो । एनआरएनले नेपालका कूटनीतिक नियोग रहेका देशमा नियोगसँगको सहकार्यमा त्यहाँ हुने विभिन्न फेस्टिवल तथा सार्वजनिक यातायातमा भ्रमण वर्षको प्रचार गर्नेे तथा नियोग नभएका देशमा आफूहरु एक्लैले समेत प्रवद्र्धननात्मक क्रियाकलाप सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । बैठकले नेपाल सरकारको साझेदार...