Thursday, July 30[email protected]
Shadow

समाचार

भ्रमण वर्ष सफल पार्न पर्यटन महोत्सव र दौड

भ्रमण वर्ष सफल पार्न पर्यटन महोत्सव र दौड

पर्यटन, मनोरन्जन, विजनेश, समाचार
  तानसेन । पाल्पामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले पर्यटन महोत्सव हुने भएको छ । नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि एक सातासम्म कार्यक्रम आयोजना गरी यही आउँदो फागुनको तेस्रो साता महोत्सव आयोजना गरिने रामपुर नगरपालिकाका प्रमुख तथा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष रमणबहादुर थापाले जानकारी दिनुभयो ।आउँदो फागुनको २४ गतेदेखि आयोजना हुने महोत्सवका अवसरमा कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ), रामपुर बाहुनडाँडाबाट प्याराग्लाइडिङको व्यवस्था तथा यस क्षेत्रका जातजाति तथा रहनसहनमा आधारित विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गर्ने योजना रहेको समितिले जनाएको छ । दुई साताअघि गठन भएको समितिले पाल्पासँगै कालीगण्डकी नदी बेंसी क्षेत्रका स्याङ्जा, तनहुँ, नवलपुर जिल्लामा भएका धार्मिक ऐतिहासिक, पुरातात्विकको पहिचान, कला संस्कृतिको संरक्षण सम्बद्र्धन तथा पर्यटकीय क्षेत्रको प्...
विश्वव्यापी प्रतियोगितामा आठ बालचित्रकला छनोट

विश्वव्यापी प्रतियोगितामा आठ बालचित्रकला छनोट

जीवनशैली, विजनेश, समाचार
काठमाडौँ । जापानमा हुने ‘मित्सुबिसी एशियाली बालचित्र डायरी महोत्सव २०२०’ का लागि नेपालका आठ बालबालिकाका चित्रकला छानिएका छन् । महोत्सवअन्तर्गत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालको सचिवालयको आयोजना र जापानको युनेस्को सचिवालयको सहयोगमा नेपालका सातै प्रदेश र ७७ जिल्लामा ‘यही हो मेरो जीवन’ विषयमा तयार गरिएका चित्रकलामध्येबाट आठ बालबालिकाका चित्रकला छानिएको हो । चित्र डायरीको घोषणा र दुई दिने प्रदर्शनी उद्घाटनका लागि आज बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले उत्कृष्ट बालबालिकालाई अन्तरराष्ट्रियस्तरको पुरस्कारसमेत प्राप्त गर्न शुभकामना दिनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर संयोजक रहेको छनोट समितिको निर्णयअनुसार इलामको महमाई आधारभूत विद्यालय...
दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

समाचार
काठमाडौँ । नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने विषयमा सहमति भएको छ । विधेयकमाथि राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा भइरहेको दफावार छलफलका क्रममा समितिमा प्रतिनिधित्व गर्ने सांसदबीच सहमति भएको हो । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा राससको जिज्ञासामा समितिका सभापति परशुराम मेघी गुरुङले भन्नुभयो,“काउन्सिल नियमनकारी संस्था भएकाले दण्ड जरिवाना होइन, आचारसंहिता उलङ्घन भए नभएको नियमन गर्नेछ, विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाइएको छ, अब त्यो प्रावधान रहन्न ।” आम सञ्चारमाध्यमको अनुगमन र मूल्याङ्कन तथा सचेत गराउने, प्रमाणपत्र खारेज गर्ने र दर्ता सूचीबाट हटाउनेजस्ता अधिकार काउन्सिललाई हुने बताउँदै सभापति गुरुङले ठूलै किसिमको क्षति भएको खण्डमा अन्य ऐनद्वारा कारवाही प्रक्रिया अघि बढाउन सक्ने गरी व्यवस्था गर्नुपर्छ भन्ने कोणब...
किसानको साथीका विविधता सहस्राब्दी पदमार्गमा

किसानको साथीका विविधता सहस्राब्दी पदमार्गमा

कृषि र सहकारी, समाचार
पोखरा । हाम्रो समाजले देखे जानेको तर खासै नबुझेको चरा हो, लाटाकोसेरोे तथा हुचील । किसानको साथी भनेर चिनिने यो चरा पछिल्ला वर्षमा लोप हुँदै जान थालेपछि यसको संरक्षण यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ । लोपोन्मुख प्रजातिमा पर्ने यो चराका विश्वमा २२५ प्रजाति रहेका छन् भने नेपालमा २३ प्रजाति रहेको तथ्याङ्क छ । यसको संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यका अनुसार वर्षेनी बढ्दै गएको वन विनासका साथै वातावरण प्रदूषण र चोरी निकासीका कारण यो चरा सङ्कटमा पर्दै गएको छ । लाटोकोसेरो तथा हुचील सङ्कटमा पर्दै गएको अवस्थालाई दृष्टिगत गरी विश्वमा नै विभिन्न किसिमबाट यसको संरक्षणको प्रयास थालिएको बताउँदै निर्देशक आचार्यले नेपालमा सन् २००८ बाट संस्थागत रूपमा नै संरक्षणका लागि पहल भइरहेको जानकारी दिनुभयो । नेपाल सरकारले पनि यसलाई जोगाउनका लागि कार्ययोजना बनाउन लागेको छ । “सं...
सुर्तीजन्य पदार्थसहित तीन पक्राउ

सुर्तीजन्य पदार्थसहित तीन पक्राउ

विजनेश, समाचार
काठमाडौ । नेपाल प्रहरीले ठूलो मात्रामा भन्सार छलेर ल्याइएको सुर्तीजन्य पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा सुर्तीजन्य तथा पान मसला भन्सार छलेर ल्याएको सामानसहित दुई भारतीय र एक नेपालीलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा भारतीय नागरिक मोहमद आदिल हुसेन, उदय भन्ने शरणकुमार सिंह र नेपाली नागरिक नारायण बोगटी छन् । महाशाखाले आज पत्रकार सम्मेलन गरी भन्सार छली तथा चोरीपैठारी गरी विभिन्न सवारी साधनमार्फत काठमाडौँसम्म ल्याएर कारोबारमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको हो । प्रहरीले हुसेनलाई सुुन्धारा, बोगटीलाई ललितपुरको धापाखेल र सिंहलाई गौरीघाटबाट आइतबार साँझ पक्राउ गरेको हो । सम्मेलनमा महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले आपसमा ‘सेटिङ’ मिलाएर सामान भन्सार छलेर काठमाडौँ ल्याइने गरेको बताउनुभयो । “पक्राउ परेकाले सुर्तीज...