Thursday, July 30[email protected]
Shadow

समाचार

हिउँद लागेसँगै मुगुका कृषकलाई स्याउ काँटछाँटमा भ्याई नभ्याई

हिउँद लागेसँगै मुगुका कृषकलाई स्याउ काँटछाँटमा भ्याई नभ्याई

कृषि र सहकारी, विजनेश, समाचार
मुगु । हिमाली जिल्ला मुगुमा कृषकहरुलाई स्याउका विरुवा काँटछाँट गर्ने चटारो सुरु भएको छ । हिउँदको समयमा स्याउका विरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले कृषकले हरेक हिउँदमा स्याउका बोट काँटछाँट गर्ने गरेका हुन् । हिउँदको बेला अर्थात पालुवा र कोपिला पलाउनु अगावै स्याउका बोटमा निस्किएका बाक्ला हाँगा, अनावश्य देखिएका हाँगाहरु काट्नु पर्ने भएकाले स्याउ किसान स्याउका बोट बिरुवाको काँटछाँटको चटारोमा देखिन्छन् । स्याउका विरुवा काँटछाँट नगरेमा बोट पनि अस्वभाविक हुने , बढी फलेर साना दाना लाग्ने, धमिरा जस्ता किरा लाग्ने तथा अन्य रोगको प्रकोप समेत फैलन सक्ने भएकाले कृषकले स्याउका बगैचामा रहेको बोट बिरुवाको अनिवार्य काँटछाँट गर्नु पर्ने कृषि विज्ञहरु बताउछन् । बिगतकका वर्षहरुमा जिल्ला कृषि बिकास कार्यालयको समन्वयमा कृषकहरुको स्याउको विरुवा काँटछाँट गर्न प्राविधिक खटाइने ...
शैक्षिक सामग्री र झोला पाए चेपाङ समुदायका विद्यार्थीले

शैक्षिक सामग्री र झोला पाए चेपाङ समुदायका विद्यार्थीले

जीवनशैली, विजनेश, समाचार
चितवन । चेपाङ समुदायका विद्यार्थीले पनि शैक्षिक सामग्री र झोला पाएका छन् । चितवनस्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका ५२ जान चेपाङ समुदायका छात्र छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । इच्छाकामना गाउँपालिका वडा नं. ६ आधामारमा रहेको सो विद्यालयका चेपाङ समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । कक्षा १ देखि ५ सम्म १२० जना विद्यार्थीहरु अध्ययनरत सो विद्यालयमा गरिबी र अभावका कारण ५० प्रतिशत चेपाङ बालबालिकाहरु नियमित विद्यालय आउन सक्दैनन् । इच्छाकामना गाउँपालिका अधिकांश चेपाङ विद्यार्थीहरु विद्यालय भर्ना भएपनि नियमित विद्यालय जानेक्रम अत्यन्त न्यून रहेको विद्यालयका प्रधान अध्यापक बुद्धिमान चेपाङले बताउनुभयो । कार्यक्रममा देविभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक सुरेन्द्र चेपाङले चेपाङ बालबालिकाहरु विद्यालयमा १२० जना विद्यार्थी रहेपनि नियमित रुपमा ६० जना...
स्मरण–शक्तिको  वैज्ञानिकपक्ष

स्मरण–शक्तिको वैज्ञानिकपक्ष

विचार, समाचार
डा। लक्ष्मीकुमार पराजुली मानव शरीरका विभिन्न अंगमध्ये मस्तिष्कको विशेष महत्व छ भन्दा अतिशयोक्ति नहोला। शरीरको कूल वजनको २ प्रतिशत मात्रै हिस्सा मस्तिष्कले ओगटे पनि लगभग २० प्रतिशत ऊर्जा तथा अक्सिजन यसै अंगका लागि खर्च हुने गर्छ। मस्तिष्कलाई व्यक्तिको सामाजिक पहिचानको केन्द्र मानिने हुँदा कथम्कदाचित् कसैको स्मरण शक्तिमा ठूलो समस्या देखिएमा उसको सामाजिक प्रतिष्ठामै आँच आउने सम्भावना हुन्छ। अझ महत्वपूर्ण कुरा त हाम्रो मस्तिष्कले विगतका अनुभवहरूलाई नै आधार मानेर भविष्यको दैनिक जीवनयापनका रणनीति तय गर्छ। कुनै वयस्क व्यक्तिको दुर्घटना वा अन्य कारण विगतका स्मृति लोप भएका खण्डमा उसको व्यवहार अबोध बालकको जस्तै हुन जान्छ। फलस्वरूप व्यक्तिको दैनिक जीवनमा समेत चुनौती आउन सक्छन्। शिशु जन्मिनुअगावै आमाको गर्भमा रहँदा नै उसको मस्तिष्कका प्रायः कोष बनिसक्ने हुनाले यसको बनोट शरीरका अरू धेरै अंगभन्दा भिन्...
वैदेशिक रोजगार बचतपत्रको महत्व

वैदेशिक रोजगार बचतपत्रको महत्व

विचार, समाचार
नीलम तिम्सिना मुलुकको अर्थतन्त्रलाई निश्चित दिशा दिन अवलम्बन गरिने विभिन्न नीतिमध्ये वित्त नीति र मौद्रिक नीति अत्यन्त महत्वपूर्ण नीति हुन्। सरकारी कर, खर्च, बजेट–घाटा, ऋण र सापटीसँग सम्बन्धित नीति वित्त नीति हो भने मुद्रा, ब्याजदर र कर्जासँग सम्बन्धित नीतिलाई मौद्रिक नीति भनिन्छ। लोककल्याणकारी सरकारले अर्थ–व्यवस्थामा खर्च गर्नुपर्ने क्षेत्र असीमित हुने र खर्चको तुलनामा साधन र स्रोतको उपलब्धता सीमित हुनाले बजेट–घाटा सामान्य मानिन्छ। बजेट–घाटाको पूर्ति सरकारले आन्तरिक र वैदेशिक ऋणका स्रोतबाट गर्ने गर्छ। आन्तरिक ऋणका पनि विभिन्न स्रोत हुन्छन्। केन्द्रीय बंैकबाट अधिविकर्ष, वाणिज्य बैँक तथा वित्तीय संस्थाहरूबाट कर्जा तथा सर्वसाधारण जनतासँग ऋण लिएर सरकारले आन्तरिक ऋणमार्फत बजेट–घाटा पूर्ति गर्छ। नेपाल विकासोन्मुख देश भएकाले यहाँ पनि लोककल्याणकारी सरकारको अवधारणाअनुसार घाटाबजेट सामान्य मानिन्...
सरकार र सहकारी अभियानमा आवश्यकताअनुसारको ऐन संशोधन गर्नुपर्नेमा जोड

सरकार र सहकारी अभियानमा आवश्यकताअनुसारको ऐन संशोधन गर्नुपर्नेमा जोड

कृषि र सहकारी, विजनेश, समाचार
काठमाडौं । सहकारी ऐन २०७४ कार्यान्वयनमा आउन नपाउँदै संसोशन तयारी सुरु भएको छ । सहकारी ऐन आएको दुई वर्ष नपुग्दै ऐन संशोधनका लागि सहकारी अभियानले सक्रियता बढाएको छ । ऐन संशोधनका लागि राष्ट्रिय सहकारी महासंघले भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सुझावसमेत पठाएको छ । ऐन संशोधनका लागि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा समेत छलफल सुरु भएको छ । सहकारी ऐन अनुसार सहकारी सञ्चालन गर्न समस्या हुने भन्दै ऐन संशोधनका लागि लबिङ गर्दै आएका छन् ।   कार्यक्रममा बोल्दै सांसद एवम् सहकारी उपसमिति संयोजक घनश्याम खतिवडाले सरकार र सहकारी अभियानको आवश्यकताअनुसार ऐन संशोधन हुन सक्ने बताए । खतिवडाले सहकारीले ठगी गरेको, नाफामा मात्रै केन्द्रित भई बचत तथा ऋणको कारोबार गर्ने गरेको र सन्दर्भ व्याजदर कार्यान्वयनमा ध्यान नदिएको बताए । सहकारी कमजोर खम्बाका रुपमा रहेको भन्दै सहकारीलाई न...