Thursday, July 30[email protected]
Shadow

समाचार

आकर्षण देखिएनन् बाली बीमाप्रति किसान

आकर्षण देखिएनन् बाली बीमाप्रति किसान

कृषि र सहकारी, जीवनशैली, बैंक तथा बीमा, विजनेश, समाचार
नेपालगञ्ज । बाँके र बर्दियाका किसानहरु बाली बीमाप्रति हालसम्म पनि खासै आकर्षित हुन सकेका छैनन् । बाली बीमाप्रति किसानको आकर्षण हुन नसक्दा बाँके र बर्दिया दुबै जिल्लामा बाली बीमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । सरकारले बाली बीमालाई प्राथमिकता दिएपनि सर्वसाधारण किसानले भने सो तर्फ चासो नदेखाएको पाइएको छ । दुबै जिल्लामा खेती गर्ने किसानहरुको संख्या पचास हजार भन्दा बढी भएपनि हालसम्म २६ जना किसानले मात्र बाली बीमा गराएको पाईएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । बाली बीमाप्रति किसानको चासो नदेखिएकै कारण बीमा योजना लागू भएको चार वर्ष पुगिसक्दा पनि बीमामा किसानको आकर्षण न्यून पाइएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताउनु भयो । उहाँले बाँके र बर्दियामा बाली बीमा गर्नका लागि एनएलजी इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, आइएमई जनरल ...
सेञ्चुरी र माउण्ट प्रिन्सेसबीच छुट दिने सम्बन्धि सम्झौता

सेञ्चुरी र माउण्ट प्रिन्सेसबीच छुट दिने सम्बन्धि सम्झौता

पर्यटन, बैंक तथा बीमा, विजनेश, समाचार
काभ्रे । सेञ्चुरी कमर्सियल बैङ्क र धुलिखेलमा रहेको माउण्ट प्रिन्सेस होटलबीच ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट दिने सम्झौता भएको छ । सोमबार एक कार्यक्रमकाबीच धुलिखेल शाखाका शाखा प्रबन्धक दीपक ढुङ्गाना र माउण्ट प्रिन्सेस होटलका प्रमुख कार्यकारी अधिकृत जोत्सना सैंजुले हस्ताक्षर गर्नुभएको हो । बैङ्कले आफ्ना ग्राहकहरुले डिजिटल माध्यमबाट भुतmानी गर्दा १० प्रतिशत छुट पाउने ब्यवस्था मिलाएको छ । नेपाल भ्रमण बर्ष २०२० मा काठमाडौंबाट नजिकको पर्यटकीय गन्तब्य “पर्यटन विकासको एउटै लक्ष्य, धुलिखेलको उज्जवल भविष्य“ सफल पार्न बैंकले आफ्ना देशैभरका खातावाला डेविट तथा क्रेडिट कार्ड ग्राहक र संस्थापक शेयरधनीलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको धुलिखेल शाखाका प्रमुख बजार व्यवस्थापक हरिकृष्ण दाहालले जानकारी दिनुभयो । सम्झौता अनुसार बैंकको देशैभरका खातावाला डेविट तथा क्रेडिट का...
चेम्वरले हस्तान्तण ग-र्यो कोरोना भाइरस न्यूनीकरण गर्ने सामग्री

चेम्वरले हस्तान्तण ग-र्यो कोरोना भाइरस न्यूनीकरण गर्ने सामग्री

विजनेश, व्यानर न्यूज, समाचार
काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाल चेम्बर अफ कमर्सले त्रिभुवन विमानस्थल र शुक्रराज ट्रोपिकल अस्पताललाई विभिन्न सामग्री हस्तान्तण गरेको छ । चेम्बरले राजधानीमा एक कार्यक्रमबीच थर्ममिटर गन, मास्क, प्राइम किट, प्रिमियम सेट (पिपिई सेट), स्प्रिट, फुल गाउनलगायतका सामग्रीहरु त्रिभुवन विमानस्थल हवाइ उड्डयन कार्यालयको अन्तराष्ट्रिय तथा आन्तरिक टरमिनल र शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताललाई हस्तान्तण गरेको हो । स्वाथ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठ, त्रिभुवन विमानस्थल हवाइ उड्डयन कार्यालय गौचरणका निर्देशक तथा प्रवक्ता देव चन्द्रलाल कर्ण, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. राजेश कुमार साह लगायतको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गएिको थियो । कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बजारमा औषधि, मास्क, से...
४५ औं किवानिज एसिया प्यासिफिक सम्मेलन सम्पन्न

४५ औं किवानिज एसिया प्यासिफिक सम्मेलन सम्पन्न

समाचार
काठमाडौँ, फागुन २५ । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक क्षेत्रको ४५ औँ सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । राजधानीमा शनिबार आयोजित सम्मेलनको समापन समारोहलाई सम्बोधन गदैँ सम्मेलन आयोजक समितिका अध्यक्ष मोहन लम्सालले नेपाली र विदेशी गरेर ४ सय जसमध्ये करिब ३ सय जना विदेशी पाहुनाको सहभागिता रहेको सम्मेलन सफलतापूर्ण सम्पन्न भएको बताउनुभयो । उहाँले बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर रहेको संस्थाको स्थापना नेपालमा सन् २०१५ मा भएको जानकारी गराउनुभयो । ‘हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेसनरी, खाजा, खेलकुद सामग्री लगायतका सामान प्रदान गर्दै आएका छौं । यस्तै बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छौं’– सम्मेलन आयोजक समितिका अध्यक्ष ...
चेपाङ समुदायको चेतना स्तरमा परिर्वतन ल्याउनुपर्नेमा जोड

चेपाङ समुदायको चेतना स्तरमा परिर्वतन ल्याउनुपर्नेमा जोड

जीवनशैली, विचार, समाचार
  चितवन । समाजमा पछाडि परेका आदिवासी चेपाङ समुदायको भौतिक पूर्वाधार विकास मात्र नभएर उनीहरुको चेतना स्तरमा पनि परिर्वतन ल्याउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । चितवनको कालिका नगरपालिका ९ शक्तिखोरमा अगुवा चेपाङ महिला पैरवी मञ्चको आयोजनामा निर्वाचित जनप्रतिनिधिहरुसँग चेपाङ महिलाहरुको नेतृत्व विकास, जवाफदेहिता प्रवद्र्घनका लागि सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा चेपाङ अगुवा तथा सामुदायिक वनका कोषाध्यक्ष ज्ञानेन्द्र चेपाङले भौतिक पूर्वाधार विकास मात्र नभएर चेपाङहरुलाई नेतृत्व क्षमता, सीप विकास, सामाजिक समावेशिता र जवाफदेहिता अभिबृद्धिका साथै उनीहरुको चेतनास्तरमा परिर्वतन ल्याउनुपर्ने बताउनुभयो । नेपाल चेपाङ संघ नगर कमिटीका अध्यक्ष कृष्ण चेपाङले चेपाङहरु पार्टीगत राजनीतिलाई छाडेर एकजुट भएर समग्र चेपाङहरुको विकासमा लाग्नुपर्...