मुगु । हिमाली जिल्ला मुगुमा कृषकहरुलाई स्याउका विरुवा काँटछाँट गर्ने चटारो सुरु भएको छ । हिउँदको समयमा स्याउका विरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले कृषकले हरेक हिउँदमा स्याउका बोट काँटछाँट गर्ने गरेका हुन् ।
हिउँदको बेला अर्थात पालुवा र कोपिला पलाउनु अगावै स्याउका बोटमा निस्किएका बाक्ला हाँगा, अनावश्य देखिएका हाँगाहरु काट्नु पर्ने भएकाले स्याउ किसान स्याउका बोट बिरुवाको काँटछाँटको चटारोमा देखिन्छन् । स्याउका विरुवा काँटछाँट नगरेमा बोट पनि अस्वभाविक हुने , बढी फलेर साना दाना लाग्ने, धमिरा जस्ता किरा लाग्ने तथा अन्य रोगको प्रकोप समेत फैलन सक्ने भएकाले कृषकले स्याउका बगैचामा रहेको बोट बिरुवाको अनिवार्य काँटछाँट गर्नु पर्ने कृषि विज्ञहरु बताउछन् ।

बिगतकका वर्षहरुमा जिल्ला कृषि बिकास कार्यालयको समन्वयमा कृषकहरुको स्याउको विरुवा काँटछाँट गर्न प्राविधिक खटाइने गरेको भए पनी यो वर्ष प्राविधिक खटाएइएको छैन । किसानहरुले आफै प्राविधिक खोजी स्याउ बिरुवाका काँटछाट गर्ने गरेका जिल्ला कृषि बिकास कार्यलय मुगुले जनाएको छ ।
बिगतमा स्याउ काँटछाट लगायत अन्य काम गर्न बजेट आउने र काम गर्न पनि सजिलो हुन्थ्यो । सघीय संरचनासंगै काम गर्ने शैली फेरिएको छ । किसानहरुको हितमा काम गर्ने कृषि कार्यलयमा सडक को काम गर्नु पर्ने बाध्यता रहेको र जिल्ला कृषि बिकास कार्यलयबाट किसानहरुले पाउने बिउँ बिजन औषधि पनि संघिय संरचनापछि पाउन छाडेका जिल्ला कृषि विकास कार्यलय मुगुका प्रमुख केवि रोकायाले बताउनुभयो ।
अहिले समयमा नै हिमपात भएकाले स्याउको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०७४र०७५ मा जिल्लाभर स्याउको उत्पादन १५ मेट्रिक टन भएकोमा आर्थिक वर्ष २०७५र०७६ मा ३५ मेट्रिक टन स्याउ मात्र उत्पादन भएको थियो । यो बर्ष पनि समयमै हिमपात भएको छ ।
स्याउ फुल फुलेर दाना लाग्ने बेला असिना पानी नपरे वर्ष भरी स्याउको उत्पादन राम्रै हुने जिल्ला कृषि विकास कार्यलय मुगुले जनाएको छ । मुगु जिल्लाका स्याउ पकेट क्षेत्र जिल्लाका ताल्चा, बाम, रोवा , खमाले, सेरी , श्रीकोट लगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिएको छ ।
