Thursday, May 21[email protected]
Shadow

साढे ७८ लाख रुपियाँले बढ्यो युनाईटेड फाइनान्सको खुद नाफा

युनाईटेड फाइनान्सको खुद नाफा गत गत वर्षको पुससम्मको तुलनामा ७८ लाख ५४ हजार रुपैयाँले बढेको छ ।
युनाईटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
गत आर्थिक वर्षको यस अवधिमा फाइनान्सले तीन करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।


पुस मसान्तसम्ममा ६ अर्ब ८१ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले पाँच अर्ब ७४ करोड २२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
समीक्षा अवधिमा फाइनान्सले १७ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यहि अवधिको तुलनामा ३ करोड ७८ लाख रुपैयाँले बढी हो। गत वर्षको यहि अवधिमा फाइनान्सले १४ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
चुक्ता पूँजी एक अर्ब ४ करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा २४ करोड १८ लाखख रुपैयाँ रहेको छ। यस्तै, फाइनान्सको रिटेन्ड अर्निङ्ग ४ करोड ७१ लाख रुपैयाँ छ।
फाइनान्सको पुससम्ममा २ करोड १९ लाख रुपैयाँ वितरण योग्य नाफा रहेको छ।
फाइनान्समा निष्कृय कर्जा अनुपात बढेर १।२९ प्रतिशतमा पुगेको छ। फाइनान्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९१ पैसा, प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ०१ पैसा, मूल्य आम्दानी अनुपात २१।१० गुणा बढी छ ।

Leave a Reply

Your email address will not be published.