Wednesday, July 29[email protected]
Shadow

विजनेश

आठराईमा नेपाल बैङ्कको शाखा

आठराईमा नेपाल बैङ्कको शाखा

बैंक तथा बीमा, विजनेश, समाचार
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो १७७ औं शाखा तेह्रथुमको आठराईमा सञ्चालनमा ल्याएको छ । आइतबार जन्मघर आठराईको इवा पुग्नु भएका प्रधानमन्त्री के पी शर्मा ओलीले बैङ्कको आठराई शाखा डिजिटल प्रविधिबाट अपरेटिङ्ग सिष्टम कनेक्ट गरी उद्घाटन गर्नुभयो । आठराई गाउँपालिका वडा नं. १, संक्रान्ति बजारमा पुनः स्थापित शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग कारोबार सुरु भएको र यसबाट यस भेगमा बैङ्किङ कारोबार मार्फत आर्थिक विकासमा मद्धत पुग्ने विश्वास गरिएको छ । प्रधानमन्त्री ओलीले बैंकसँग कारोबार गरी आफ्नो आर्थिक उन्नति गर्न सबैलाई आह्वान समेत गर्नुभयो । शाखा उद्घाटन पश्चात संक्रान्ति बजारमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर चिन्तामणि सिवाकोटीले नेपाल बैंकमा कर्जामा कम व्याजदर हुनुका साथै निक्षेपको सुरक्षण र सहुलियतपूर्ण कर्जा सुविधाहरु उपलब्ध रहेको वताउनुभयो । नेपाल बैंक सञ्चाल...
कोरोनाको सन्त्रासले घरेलु व्यवसायीका घोषित कार्यक्रम स्थगन

कोरोनाको सन्त्रासले घरेलु व्यवसायीका घोषित कार्यक्रम स्थगन

उद्योग, विजनेश, व्यानर न्यूज, समाचार
काठमाडौं । पछिल्लो समय कोरोना भाइरसले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले आफ्ना घोषित कार्यक्रमहरुलाई स्थगन गरेको छ । अन्य मुलुकको तुलनामा नेपालमा हालसम्म न्यून संक्रमण देखिएको भएतापनि सजगता र सावधानी अपनाइएन भने यसले हाम्रो मुलुकमा पनि महामारीको रुप लिन सक्ने भएकाले यसतर्फ सजग रहन सबैसमक्ष महासंघले अपिल गरेको छ । नेपाल सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सव लगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आव्हान गरिसकेको सन्दर्भमा सो आव्हानलाई मध्येनजर गर्दे यस महासंघले घोषित आफ्ना कार्यक्रमहरु स्थगित गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम मुलुकको दर्जामा राखेको छ । महासंघद्घारा घोषित कार्यक्रम अन्तरगत यही चैत १४, १५, १६ राजधानीमा राष्ट्रिय महा...
निर्यातमुखी अर्थतन्त्र विकासमा सहकार्यको आवश्यकता

निर्यातमुखी अर्थतन्त्र विकासमा सहकार्यको आवश्यकता

उद्योग, जीवनशैली, पर्यटन, विजनेश, समाचार
रत्ननगर (चितवन) । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आयात विस्थापन र निर्यात वृद्धि गर्न जोड दिनु भएको छ । रत्ननगर उद्योग वाणिज्य सङ्घ र व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र ललितपुरको संयुक्त आयोजनामा सोमबारबाट रत्ननगरमा सुरु भएको पाँच दिने व्यापार, विश्लेषण तथा निकासी प्रर्वद्धनसम्बन्धी तालिमको उद्घाटन गर्दै उहाँले नवीनतम प्रविधि भित्र्याएर उत्पादन बढाउन र निर्यातमुखी अर्थतन्त्रको विकासमा सबैले सहकार्य गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले उद्योग स्थापना गरी देशमा उत्पादन वृद्धि गर्ने र आयात विस्थापित गर्दै जाने नीति आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री थापाले समृद्धि उत्पादनसँग जोडिएको बताउँदै जनताको आवश्यकता पूरा गर्न र देशलाई समृद्ध बनाउन उत्पादन वृद्धि जरुरी रहेको बताउनुभयो । उहा...
नेपालमा पनि अर्थोपेडिक अस्पताल सञ्चालन हुने

नेपालमा पनि अर्थोपेडिक अस्पताल सञ्चालन हुने

पर्यटन, विजनेश, समाचार
काठमाडौं । स्वास्थ्य पर्यटनको विकास गर्ने उद्देश्यसाथ नेपालमा अर्थोपेडिक अस्पताल सञ्चालनमा आउने भएको छ । भारतको अहमदाबादमा रहेको अर्थोपेडिक अस्पताल शाल्बीले नेपालमा पनि यस्तो अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । काठमाडौं, सूदुरपश्चिम र बुटवल गरी तीन स्थानमा अर्थोपेडिक अस्पताल सञ्चालन हुने जनाइएको छ । अस्पताल स्थापनाको २५ औं वर्षको अवसरमा शाल्बी अस्पतालले आयोजना गरेको कार्यक्रममा यो अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. विक्रम शाहले नेपालमा स्वास्थ्य पर्यटनको विकास गर्न अर्थोपेडिक अस्पताल विस्तार गर्न लागिएको जानकारी दिनुभयो । अस्पतालका निर्देशक डा. भरत गज्जरले नेपालमा सञ्चालनमा ल्याइने अस्पतालमा शल्यक्रिया गरेको तीनदेखि चार घन्टापछि बिरामी आफै हिँडेर जान सक्ने गरी आधुनिक प्रविधि ‘जिरो टेक्निकल’ द्वारा न्यूनतम चिरफार गरी शल्यक्रिया गरिने बताउनु भयो । नेपाल मेडिकल टुरिज्म अर्गनाइ...
वाईवाई नेपाल स्टारको प्रायोजक

वाईवाई नेपाल स्टारको प्रायोजक

उद्योग, विजनेश, समाचार
काठमाडौं । नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एन्ड रिसर्च प्रालिले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटी सो नेपाल स्टारलाई वाईवाईले प्रायोजन गर्ने भएको छ । त्यसका लागि की इन्टरटेन्टमेन्ट एन्ड रिसर्च प्रालि समूहबीच सम्झौता भएको छ । प्रालिका प्रमुख रविन्द्रकुमार रिजाल र वाईवाईको तर्फबाट चौधरीले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।सम्झौतापछि प्रबन्धक चौधरीले युवालाई प्रोत्साहित गर्न आफ्नो समूह सधैँ तयार भएको बताउनु भयो । वाईवाईले विश्वास गरेर धेरै काममा सहयोग गर्दै आएको जानकारी गराउँदै की इन्टरटेन्टमेन्टका प्रमुख रिजालले सिजी कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभयो । रियालिटी सोमा ५० लाख पुरस्कार राखिएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले जनाकारी गराउनु भयो ।...