Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

साना उद्योगका निर्यातयोग्य वस्तुहरुको ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

साना उद्योगका निर्यातयोग्य वस्तुहरुको ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

उद्योग, विजनेश, व्यानर न्यूज, समाचार
काठमाडौं । स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्त रुपमा मङ्गलबार राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगहरुका लागि ट्रेडमार्क तथा बौद्घिक सम्पत्ति संरक्षण’ विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकहरुमा डब्लुटिओको नियम कानुन अन्तरगत रही आफना उत्पादनहरु अन्य सदस्य मुलुकहरुमा निर्यात गर्दै आएको बताउँदै भन्नुभयो – ‘यस अवस्थामा नेपालमा उत्पादन हुने कतिपय वस्तुहरु अन्य मुलुकह...
हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना

व्यानर न्यूज
 हार्दिक बधाई तथा शुभकामना भारतको स्वतन्त्रता दिवसका उपलक्ष्यमा भारतीय नागरिक लगायत सबैप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध थप बलियो र प्रगाढ बनोस् भन्ने शुभेच्छसमेत प्रकट गर्दछु । मुकेशकुमार झा अध्यक्ष राष्ट्रिय युवा संघ, नेपाल
नेपालस्थित भारतीय दूतावासले ७१औँं गणतन्त्र दिवस मनायो

नेपालस्थित भारतीय दूतावासले ७१औँं गणतन्त्र दिवस मनायो

विजनेश, व्यानर न्यूज, समाचार
काठमाडौँ  । भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभयो । कार्यवाहक राजदूत अजय कुमारले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, पूर्वमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकृत, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, समाजसेवी, कामको सिलसिलामा काठमाडौँमा रहेका भारतीय नागरिक र वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति थियो । नेपालस्थित भारतीय दूतावासले आतबार विभिन्न कार्यक्रमको आयोजना गरी भारतको ७१औँं गणतन्त्र दिवस मनाएको छ । लैनचौरस्थित दूतावासमा कार्यवाहक राजदूत डा. अजय कुमारले भारतको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै गणतन्त्र दिवस समारोहको आरम्भ गर्नुभयो । त्यस अवसरमा कार्यवाहक राजदूतले एकजना विरङ्गना नारी,...
छाउगोठविरुद्धको महाअभियान

छाउगोठविरुद्धको महाअभियान

समाचार
गत मङ्सिर महिनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेला अछाममा महिनावारी भएको समयमा छाउगोठमा एक महिलाको ज्यान गयो । सो घटनापछि सरकारले पछिल्लो समयमा छाउगोठ भत्काउने अभियान थालेको छ । घटना दोहोरिएपछि सञ्चार माध्यममा थप छायो । चौतर्फी महिला अधिकारकर्मीको आवाज उठ्यो । पछिल्लो समय गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय नै सक्रिय भएर अहिले कर्णाली र सुदूर पश्चिममा धमाधम छाउगोठ भत्काउन थालिएको छ । हरेक वर्ष छाउगोठमा महिलाको ज्यान जाने गरे पनि घटनापछि आवाज उठ्ने महाअभियान छाउपडी उन्मूलन अभियानको विषयमा नेपाल सरकार गृह मन्त्रालयले चालेको कदमले स्थानीय प्रशासनकै अगुवाइमा थालिएको छाउपडी उन्मूलन अभियानले अहिले जिल्लामा फरक प्रकारको तरङ्ग ल्याएको छ । जुम्लामा जिल्ला प्रशासन कार्यालयले ‘छाउपडी उन्मूलन महाअभियान’ थालेको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेको अध्यक्षता...
‘छोरीलाई अनिवार्य १२ कक्षा’

‘छोरीलाई अनिवार्य १२ कक्षा’

अन्तरवार्ता
नेकपाको ११ बुँदे आचारसंहिताः कसैलाई पनि तँ भन्न नपाइने, महिनामा एक दिन वनभोज कर्मचारीले १०(५ को ड्युटीमात्रै गरेर पुग्दैनः मन्त्री भट्ट सभामुख र उपसभामुखमध्ये एकमा कांग्रेसको दाबी रेड पाण्डाको छालासहित ३ जना पक्राउ नेपालका क्यान्सरपीडित बालबालिकाका लागि बेलायतबाट ु१९ हजार पाउण्डु सहयोग धनुषाको जनकपुरधाम उपमहानगर क्षेत्रमा छोरीको सानैमा विवाह गरिदिने चलन छ। त्यसकारण त्यहाँका छात्रा मुस्किलले कक्षा १० सम्म पुग्छन्। बालिकारकिशोरी उमेरमै विवाह गरिदिने कारण उनीहरू बीचमै पढाइ छाड्न बाध्य हुन्छन्। स्कुलभित्र पनि लैंगिक हिंसा हुने गर्छ। यिनै विषयमा केन्द्रित रहेर नागरिकर्मी रूबी रौनियारले जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहसँग गरेको संवादको सम्पादित अंशस् जनकपुरधाम उपमहानगर क्षेत्रमा छोरीहरूलाई सानैमा विवाह गरिदिने चलन रहेछ, जसले गर्दा उनीहरूले बीचमै पढाइ छाड्नुपर्ने अवस्था पाइयो। यस...