Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

‘नारायणगोपालसँग मैले गीत गाइनँ’

‘नारायणगोपालसँग मैले गीत गाइनँ’

अन्तरवार्ता, व्यानर न्यूज
नेपाली संगीत क्षेत्रकी एक हस्ती शान्ति ठटालको जन्म भारत, दार्जिलिङस्थित चोक बजारमा भएको हो, ४ अप्रिल १९३८ मा, बाबु मनुसिंह ठटाल र आमा चन्द्रमायाको कोखबाट। उनका पिता आर्य समाजी थिए। त्यसैले शान्तिले सानैदेखि भजन–कीर्तन गाउँथिन्। उनी भन्छिन्, ‘हाम्रो परिवारका सम्पूर्ण सदस्यलाई कला र संगीतका बारेमा केही न केही ज्ञान थियो, तर यो क्षेत्रमा पूर्ण रूपमा लाग्ने म मात्रै हुँ। आर्य समाजकी छोरी भएर नाचगानमा हिँड्दा गाउँ–समाजले विरोध ग¥यो। त्यसैले बहिनीलाई नृत्यबाट छुटाइयो, मलाई भजन मात्र गाउने अनुमति मिल्यो। तर गीत–संगीतप्रतिको लगावका कारण यस क्षेत्रमा लागिरहेँ।’ आफ्नो घरमा रेडियो नभएकाले उनले छिमेकीको घरमा गएर भारतीय गायिका लता मंगेशकर, नूरजहाँका गीत सुन्थिन् र जस्ताको तस्तै गाउने कोसिस गर्थिन्। उनको स्वर तथा संगीत रहेका दुई सयभन्दा बढी नेपाली भाषाका गीत छन्। उनलाई २०७४ मा पोखराको हार्मोनी ९गायिकाह...
उत्पादकत्व बढाउन रूख काट्ने अभियान

उत्पादकत्व बढाउन रूख काट्ने अभियान

कृषि र सहकारी, विजनेश, समाचार
  बलेवा । जैमिनी नगरपालिकाले एक साताअघि रूख बिरुवा काट्ने अभियान थालेको छ । नगरपालिकाले सूचना जारी गरेर घर वरिपरिका रूख नहटाइएमा जबर्जस्ती हटाएर खर्च भराउने पनि चेतावनी दिएको छ । वर्षौं लगाएर हुर्काएका बिरुवा हटाउने निर्णय गर्नु राम्रो नहुन सक्छ तर दैनिक जीवनमा आइपरेका समस्या र उत्पादनमा परेको असरले यो निर्णय लिइएको नगरपालिकाले जनाएको छ । यस्तै अभियान बागलुङ नगरपालिकामा पनि चलाइएको छ । नगरपालिकाको बलेवा खण्डमा ठूलै लहर आयो । घरको १० मिटर वरिपरि रूखै नराख्ने भन्नेसम्म लहर चल्यो । त्यो अभियानले पूर्णता भने पाइसकेको छैन । पछिल्लो समय मालिका, भान्सा, सिम, कालीमाटीतर्फ पनि उक्त अभियान चलाइएको छ । रूख काट्ने अभियानलाई कतिपयले टीकाटिप्पणी पनि गरेका छन् “खेतीपाती त भएन, जङ्गली जनावरको पनि डर भयो”, बागलुङ–५ का अध्यक्ष शिवप्रसाद सापकोटाले भन्नुभयो, “अहिले रूख काटेर खेती लगाउने, झाडी पन्छाएर...
उत्पादकत्व बढाउन रूख काट्ने अभियान

उत्पादकत्व बढाउन रूख काट्ने अभियान

कृषि र सहकारी, विजनेश, समाचार
बलेवा । जैमिनी नगरपालिकाले एक साताअघि रूख बिरुवा काट्ने अभियान थालेको छ । नगरपालिकाले सूचना जारी गरेर घर वरिपरिका रूख नहटाइएमा जबर्जस्ती हटाएर खर्च भराउने पनि चेतावनी दिएको छ । वर्षौं लगाएर हुर्काएका बिरुवा हटाउने निर्णय गर्नु राम्रो नहुन सक्छ तर दैनिक जीवनमा आइपरेका समस्या र उत्पादनमा परेको असरले यो निर्णय लिइएको नगरपालिकाले जनाएको छ । यस्तै अभियान बागलुङ नगरपालिकामा पनि चलाइएको छ । नगरपालिकाको बलेवा खण्डमा ठूलै लहर आयो । घरको १० मिटर वरिपरि रूखै नराख्ने भन्नेसम्म लहर चल्यो । त्यो अभियानले पूर्णता भने पाइसकेको छैन । पछिल्लो समय मालिका, भान्सा, सिम, कालीमाटीतर्फ पनि उक्त अभियान चलाइएको छ । रूख काट्ने अभियानलाई कतिपयले टीकाटिप्पणी पनि गरेका छन् “खेतीपाती त भएन, जङ्गली जनावरको पनि डर भयो”, बागलुङ–५ का अध्यक्ष शिवप्रसाद सापकोटाले भन्नुभयो, “अहिले रूख काटेर खेती लगाउने, झाडी पन्छाएर सुरक्षित ...
फोटोसहित जारी भएको परिचयपत्र देखाएर मतदान गर्न सकिने

फोटोसहित जारी भएको परिचयपत्र देखाएर मतदान गर्न सकिने

समाचार
काठमाडौ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको यही माघ ९ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रको विकल्पमा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रका आधारमा पनि मतदान गर्नसक्ने व्यवस्था मिलाएको छ । प्रदेशसभा सदस्य वा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखको प्रमाणको यकिन गर्न निर्वाचित भएको प्रमाणपत्र र यसअघिका निर्वाचनमा प्रयोग भएको मतदाता परिचयपत्र लिएर मतदानका लागि आउन आयोगले मतदातालाई सुचित गरेको छ । आयोगका सहसचिव राजकुमार श्रेष्ठद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रमाणपत्र हराए वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रका आधारमा निर्वाचन मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ एकिन गरी मतदान...
भूकम्प प्रभावित स्थानीय तहमा सामाजिक परिचालक खटाइने

भूकम्प प्रभावित स्थानीय तहमा सामाजिक परिचालक खटाइने

समाचार
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान लिएर हालसम्म पनि बनाउन शुरु नभएका घरका विषयमा अध्ययन गर्न प्रभावित जिल्लाका स्थानीय तहमा सामाजिक परिचालक खटाउने भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनामा सदाचार विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित ३२ जिल्लामा ९८८ दक्ष निर्माणकर्मी पनि खटाउन लागिएको जानकारी गराउनुभयो । “शहरी क्षेत्रको पुनःनिर्माण ग्रामीण भेगको तुलनामा ढिलो भएको छ, शहरी क्षेत्रमा टेको लगाएर राखिएका घरका सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गरेर किन बनेन भनी खोजी गर्ने तयारीमा प्राधिकरण छ, जनताको घर किन बनेन भनी खोज्नु जनप्रतिनिधिको पनि दायित्व हो”, उहाँले भन्नुभयो । ...