Sunday, November 22[email protected]
Shadow

Author: Shubha Samachar

विश्वव्यापी प्रतियोगितामा आठ बालचित्रकला छनोट

विश्वव्यापी प्रतियोगितामा आठ बालचित्रकला छनोट

जीवनशैली, विजनेश, समाचार
काठमाडौँ । जापानमा हुने ‘मित्सुबिसी एशियाली बालचित्र डायरी महोत्सव २०२०’ का लागि नेपालका आठ बालबालिकाका चित्रकला छानिएका छन् । महोत्सवअन्तर्गत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालको सचिवालयको आयोजना र जापानको युनेस्को सचिवालयको सहयोगमा नेपालका सातै प्रदेश र ७७ जिल्लामा ‘यही हो मेरो जीवन’ विषयमा तयार गरिएका चित्रकलामध्येबाट आठ बालबालिकाका चित्रकला छानिएको हो । चित्र डायरीको घोषणा र दुई दिने प्रदर्शनी उद्घाटनका लागि आज बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले उत्कृष्ट बालबालिकालाई अन्तरराष्ट्रियस्तरको पुरस्कारसमेत प्राप्त गर्न शुभकामना दिनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर संयोजक रहेको छनोट समितिको निर्णयअनुसार इलामको महमाई आधारभूत विद्यालय...
दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

समाचार
काठमाडौँ । नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने विषयमा सहमति भएको छ । विधेयकमाथि राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा भइरहेको दफावार छलफलका क्रममा समितिमा प्रतिनिधित्व गर्ने सांसदबीच सहमति भएको हो । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा राससको जिज्ञासामा समितिका सभापति परशुराम मेघी गुरुङले भन्नुभयो,“काउन्सिल नियमनकारी संस्था भएकाले दण्ड जरिवाना होइन, आचारसंहिता उलङ्घन भए नभएको नियमन गर्नेछ, विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाइएको छ, अब त्यो प्रावधान रहन्न ।” आम सञ्चारमाध्यमको अनुगमन र मूल्याङ्कन तथा सचेत गराउने, प्रमाणपत्र खारेज गर्ने र दर्ता सूचीबाट हटाउनेजस्ता अधिकार काउन्सिललाई हुने बताउँदै सभापति गुरुङले ठूलै किसिमको क्षति भएको खण्डमा अन्य ऐनद्वारा कारवाही प्रक्रिया अघि बढाउन सक्ने गरी व्यवस्था गर्नुपर्छ भन्ने कोणब...
किसानको साथीका विविधता सहस्राब्दी पदमार्गमा

किसानको साथीका विविधता सहस्राब्दी पदमार्गमा

कृषि र सहकारी, समाचार
पोखरा । हाम्रो समाजले देखे जानेको तर खासै नबुझेको चरा हो, लाटाकोसेरोे तथा हुचील । किसानको साथी भनेर चिनिने यो चरा पछिल्ला वर्षमा लोप हुँदै जान थालेपछि यसको संरक्षण यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ । लोपोन्मुख प्रजातिमा पर्ने यो चराका विश्वमा २२५ प्रजाति रहेका छन् भने नेपालमा २३ प्रजाति रहेको तथ्याङ्क छ । यसको संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यका अनुसार वर्षेनी बढ्दै गएको वन विनासका साथै वातावरण प्रदूषण र चोरी निकासीका कारण यो चरा सङ्कटमा पर्दै गएको छ । लाटोकोसेरो तथा हुचील सङ्कटमा पर्दै गएको अवस्थालाई दृष्टिगत गरी विश्वमा नै विभिन्न किसिमबाट यसको संरक्षणको प्रयास थालिएको बताउँदै निर्देशक आचार्यले नेपालमा सन् २००८ बाट संस्थागत रूपमा नै संरक्षणका लागि पहल भइरहेको जानकारी दिनुभयो । नेपाल सरकारले पनि यसलाई जोगाउनका लागि कार्ययोजना बनाउन लागेको छ । “सं...
सुर्तीजन्य पदार्थसहित तीन पक्राउ

सुर्तीजन्य पदार्थसहित तीन पक्राउ

विजनेश, समाचार
काठमाडौ । नेपाल प्रहरीले ठूलो मात्रामा भन्सार छलेर ल्याइएको सुर्तीजन्य पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा सुर्तीजन्य तथा पान मसला भन्सार छलेर ल्याएको सामानसहित दुई भारतीय र एक नेपालीलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा भारतीय नागरिक मोहमद आदिल हुसेन, उदय भन्ने शरणकुमार सिंह र नेपाली नागरिक नारायण बोगटी छन् । महाशाखाले आज पत्रकार सम्मेलन गरी भन्सार छली तथा चोरीपैठारी गरी विभिन्न सवारी साधनमार्फत काठमाडौँसम्म ल्याएर कारोबारमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको हो । प्रहरीले हुसेनलाई सुुन्धारा, बोगटीलाई ललितपुरको धापाखेल र सिंहलाई गौरीघाटबाट आइतबार साँझ पक्राउ गरेको हो । सम्मेलनमा महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले आपसमा ‘सेटिङ’ मिलाएर सामान भन्सार छलेर काठमाडौँ ल्याइने गरेको बताउनुभयो । “पक्राउ परेकाले सुर्तीज...
सहुलियतपूर्ण कर्जा सुविधा लिनबाट बञ्चित भएको सरोकारवालाहरुको गुनासो

सहुलियतपूर्ण कर्जा सुविधा लिनबाट बञ्चित भएको सरोकारवालाहरुको गुनासो

उद्योग, समाचार
काठमाडौं । महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरे पनि यसको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘नेपाली उत्पादनहरुको बिक्री तथा निर्यातः महिला उद्यमीहरुका अवसर र चुनौतिहरु’ विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने तथा कृषि, साना उद्यमलगायतका विभिन्न क्षेत्रमा सरकारले सहुलियत दरमा ऋण दिने सरकारी व्यवस्था भएपनि यो सुविधा लिनबाट लक्षित वर्ग नै बञ्चित भएको उनीहरुको गुनासो थियो । महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरेको हो । यो कार्यक्रमअन्तर्गत महिलाले १५ लाख रुपियाँसम्म ऋण पाउने व्यवस्था छ । सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेश...