Thursday, May 21[email protected]
Shadow

नेपालस्थित भारतीय दूतावासले ७१औँं गणतन्त्र दिवस मनायो

काठमाडौँ  । भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभयो ।

कार्यवाहक राजदूत अजय कुमारले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, पूर्वमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकृत, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, समाजसेवी, कामको सिलसिलामा काठमाडौँमा रहेका भारतीय नागरिक र वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

नेपालस्थित भारतीय दूतावासले आतबार विभिन्न कार्यक्रमको आयोजना गरी भारतको ७१औँं गणतन्त्र दिवस मनाएको छ । लैनचौरस्थित दूतावासमा कार्यवाहक राजदूत डा. अजय कुमारले भारतको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै गणतन्त्र दिवस समारोहको आरम्भ गर्नुभयो ।

त्यस अवसरमा कार्यवाहक राजदूतले एकजना विरङ्गना नारी, आठजना एकल महिला र मृतक सैनिकका पाँचजना निकटतम नातेदारलाई पाँच करोड ९७ लाख रुपियाँ नगद तथा कम्बल वितरण गरी सम्मान गर्नुभएको थियो । सोही अवसरमा दूतावासले विभिन्न ५१ पुस्तकालय तथा शैक्षिक संस्थालाई पुस्तक प्रदान गर्नुको साथै विभिन्न अस्पताल तथा गैरनाफामूलक परोपकारी संस्थालाई ३० वटा एम्बुलेन्स तथा शैक्षिक संस्थालाई छवटा बस प्रदान गरेको छ ।

हालसम्म दूतावासले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्थालाई ७८२ एम्बुलेन्स तथा विभिन्न शैक्षिक संस्थालाई १५४ बस प्रदान गरी नेपाली जनताको स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहँुच विस्तार गरेको दुतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.