हिमालयन शेर्पासँग मच्छिन्द्र स्तब्ध
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले पहिलो हार व्यहोरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार खेलिएको सातौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले अप्रत्याशित नतिजा निकाल्दै मच्छिन्द्र क्लबलाई २(० गोलले हरायो। यसअघि ६ खेलमा मच्छिन्द्र अपराजित रहँदै आएको थियो।
रेलिगेसनको सम्भावित खतराबाट जोगिन संघर्षरत हिमालयन शेर्पाले बलियो मच्छिन्द्र क्लबविरुद्घ पहिलो हाफमै २(० गोलको अग्रता बनाएको थियो। खेल सुरु भएको पहिलो मिनेटमै मच्छिन्द्रका विदेशी खेलाडी पिटर सेगुनबाट आत्मघाती गोल भएपछि हिमालयन शेर्पा अगाडि बढेको थियो। विनोद गुरुङले प्रहार गरेको बललाई पिटरले हेडमार्फत क्लियर गर्न खोज्दा बल आफ्नै पोस्टमा छिरेको थियो।
यसैगरी २०औं मिनेटमा हिमालयन शेर्पाले अग्रता दोब्बर बनाएको थियो। हिमालयन शेर्पाका लागि दोस्रो गोल विजय श्रेष्ठले गरेका थिए। उनले पनि ...
