Thursday, July 30[email protected]
Shadow

समाचार

ग्यालेक्सी एस १० लाइट ल्याउँदै सामसुङ

ग्यालेक्सी एस १० लाइट ल्याउँदै सामसुङ

जीवनशैली, विजनेश, समाचार, सूचना प्रविधि
दक्षिण कोरिया । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस १० को नयाँ संस्करण ल्याउने योजना बनाइरहेको छ । यो फोन ग्यालेक्सी एस १० लाइट हुन सक्ने र अलि सस्तो हुने अनुमान गरिएको छ । यस फोनमा ४५ वाटको फाष्ट चार्जिङ हुने अपेक्षा गरिएको छ । यसमा ग्यालेक्सी ए९१ मा भएको जस्तै चिप अर्थात् स्न्यापड्र्यागन ८५५ हुन सक्ने अफवाह चलेको छ । फोनमा ८ जीबीको र्‍याम भएपनि यसलाई बढाएर १ सय २८जिबीसम्म पुर्‍याउन सकिनेछ । फोनको मुख्य क्यामरा ४८ एमपीको हुने, १२ एमपीको अल्ट्रा–वाइड लेन्स र ५ एमपीको डेप्थ सेन्सर र जीएसएमएरेना हुन सक्ने बताइएको छ । फोनको अगाडि पट्टीको सेल्फी क्यामरा भने ३२ एमपीको हुन सक्ने छ । ४५ वाटको फाष्ट चार्जिङलाई टेवा दिन मोबाइलमा ४ हजार ५ सय एमएएचको ब्याट्री राखिने अपेक्षा छ । फोनको डिस्प्ले ६ दशमलव ७ इञ्चको हुने अनुमान छ ।...
भारतीय स्मार्टफोन बजारमा शाओमीको हिस्सा बढ्यो

भारतीय स्मार्टफोन बजारमा शाओमीको हिस्सा बढ्यो

जीवनशैली, विजनेश, समाचार, सूचना प्रविधि
भारत । चिनियाँ प्रवधि कम्पनी शाओमी भारतमा सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनी हो । पछिल्ला केही वर्षमा भारतीय स्मार्टफोन बजारमा शाओमीको हिस्सा ह्वात्तै बढेको छ । शाओमीले २ साताअघि भारतमा ‘फ्ल्याश सेल’मा राखेको नयाँ मोडलको रेडमी नोट ८ अनलाइनमा १५ मिनेटभित्र बिकिसकेको थियो । यसले पनि त्यहाँ शाओमीको व्यापार कति महत्त्वपूर्ण छ भन्ने पुष्टि गर्छ । प्रविधि पत्रकार माला भर्गाभा शुरूमा अनलाइनमा रजिस्टर गरेर फ्ल्याश सेलमा आँखा दौडाउने जो कोही आकर्षित हुने बताउँछिन् । शाओमीले अन्य अफलाइन स्टोरबाट पनि मोबाइल विक्री गर्दै आएको छ । तर ती सबै मोडल शुरूमा अनलाइनमा विक्री गरिन्छ । उक्त मोडलको आधाभन्दा बढी व्यापार अनलाइनबाटै हुने गर्छ ।अनलाइन समुदायलाई यो ब्रान्डले आफूमा यसरी तान्नु आश्चर्यजनक रहेको दूरसञ्चार प्रविधि कम्पनी कन्जर्भेन्स क्याटलिस्टका जयन्त कोला बताउँछन् । शाओमीको प्रवेश भारतमा सन् ...
ग्रामीण दूरसञ्चार विकास कोषमा दुई अर्ब संकलन

ग्रामीण दूरसञ्चार विकास कोषमा दुई अर्ब संकलन

विजनेश, समाचार, सूचना प्रविधि
काठमाडौं । नेपालका विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले ग्रामीण दूरसञ्चार कोष ९आरटीडीएफ०मा करीब २ अर्ब रुपैयाँ दाखिला गरेका छन् । असोज मसान्तसम्ममा ६९ कम्पनीले कोषमा १ अर्ब ९४ करोड २९ लाख रुपैयाँ बुझाएका हुन् । यीमध्ये अर्बमा रकम बुझाउने एउटा टेलिकम अपरेटर कम्पनी रहेको छ भने करोडभन्दा बढी रकम बुझाउनेमा दुई टेलिकम अपरेटर र तीन इन्टरनेट सेवा प्रदायक कम्पनी रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । दूरसञ्चार ऐन अनुसार दूरसञ्चार सेवा सञ्चालन गर्ने कम्पनीहरूले आप्mनो कुल आम्दानीको २ प्रतिशतले हुन आउने रकम कोषमा दाखिला गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम दूरसञ्चार सेवाप्रदायकले उक्त कोषमा रकम जम्मा गर्दै आएका छन् । यसरी जम्मा भएको रकम विभिन्न दूरसञ्चार परियोजनामा खर्च हुने गरेको छ । प्राधिकरणको तथ्यांक अनुसार कोषमा सबैभन्दा बढी रकम बुझाउनेमा मोबाइल सेवाप्रदायक अगाडि छ...
छाउगोठविरुद्धको महाअभियान

छाउगोठविरुद्धको महाअभियान

विचार, समाचार
गत मङ्सिर महिनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेला अछाममा महिनावारी भएको समयमा छाउगोठमा एक महिलाको ज्यान गयो । सो घटनापछि सरकारले पछिल्लो समयमा छाउगोठ भत्काउने अभियान थालेको छ । घटना दोहोरिएपछि सञ्चार माध्यममा थप छायो । चौतर्फी महिला अधिकारकर्मीको आवाज उठ्यो । पछिल्लो समय गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय नै सक्रिय भएर अहिले कर्णाली र सुदूर पश्चिममा धमाधम छाउगोठ भत्काउन थालिएको छ । हरेक वर्ष छाउगोठमा महिलाको ज्यान जाने गरे पनि घटनापछि आवाज उठ्ने र त्यसै सेलाएर जाने गथ्र्यो । यस पटक भने सरकार चुप लागेर बसेन । गृह मन्त्रालयको ठाडो आदेशमा छाउगोठ भत्काउनेदेखि जनचेतना अभियान अहिले प्राथमिकतामा छ । महिनावारी भएको समयमा कर्णाली र सुदूर पश्चिममा जकडिएर रहेको सामाजिक विकृतिको छाउपडी ९छुई० कूप्रथा अहिलेसम्म समाजबाट तिरष्कृत भएको छैन । छाउ हुँदा महिला अपहेलित हुने...
मानव अधिकारको जुहारी

मानव अधिकारको जुहारी

जीवनशैली, विचार, समाचार
डा। टीकाराम पोखरेल नेपालमा मानवअधिकारको अवस्था कस्तो छ रु प्रश्न यति भए पुग्छ । उत्तर बग्रेल्ती हुन्छन् । मानवअधिकारको अवस्था राम्रो र नराम्रो भन्ने पक्ष र विपक्षमा लामो जुहारी चल्छ । नागरिक समाज र मानवअधिकारकर्मी भन्छन्– नेपालमा मानवअधिकारको अवस्था खत्तम छ । सरकार भन्छ– सब ठीकठाक छ । यही खत्तम र ठीकठाकलाई पुष्टि गर्न सरकारी र गैरसरकारी दुवै क्षेत्रले आ–आफ्नो बल खर्च गर्दा मानवअधिकारका क्षेत्रमा जुहारीको लामो शृङ्खला नै बन्छ । मानवअधिकारको सवालमा यो पक्ष र विपक्षको बहस लामो समयदेखि चलिआएको छ र कर्तव्य र दायित्वबोध नभएसम्म चली नै रहन्छ । पक्ष र विपक्षमा फरक फरक धारणा आउनुको कारण भरपर्दो तथ्याङ्कको अभाव हो । तथ्याङ्कमा आधारित मानव अधिकारको विश्लेषण भए जसले जस्तो चाह्यो त्यस्तै विश्लेषण हुनसक्ने थिएन । एउटै सवालमा फरक फरक बुझाइ हुने थिएनन् । मानव अधिकारको विषयमा अहिले हामी वर्ग, क्षेत्र...