मन स्वस्थ राख्न योग
डा। नम्रता पाण्डे
सन्दर्भ स् राष्ट्रिय योग दिवस
धेरै मानिसलाई लाग्छ म शारीरिक रूपमा स्वस्थ छु, मानसिक रूपमा पनि स्वस्थ छु अनि समय पनि छैन भने योग किन आवश्यक भयो र १ हामीले सोचेजति शरीर र मानसिक अवस्था स्वस्थ छ भनेर दाबी गरे पनि आन्तरिक रूपमा मन भड्किरहेको हुन्छ। मनमा क्षणमै दुःख त क्षणमै सुख अनि क्षणमै तनाव त क्षणमै उत्तेजनाको अनुभूति हुनेगर्छ। यी सुख, दुःख, उत्तेजना र तनावभन्दा माथि आनन्दित रहने गुण पनि मानिसलाई प्राप्त छ र त्यही आनन्द स्वरूपलाई जान्न योग आवश्यक छ। आनन्द स्वरूप अनुभूति शारीरिक भोग, सांसारिक भोग र संसारिक सफलताबाट प्राप्त नहुन सक्छ। योगको अर्थ नै जोड भन्ने बुझिन्छ जसले सांसारिक क्रियाकलाप र आध्यात्मिक स्वभावलाई जोड्ने काम गर्छ र मानिसको जीवनलाई आनन्दसहित पूर्णता दिने काम गर्छ। योगको विकसित रूप अर्थात् शरीर र मनस्थितिको माध्यमबाट परम आनन्दको, परम वि श्रामको अनुभूति भने ध्...
