Wednesday, July 29[email protected]
Shadow

व्यानर न्यूज

नयाँ वर्ष २०२१  ‘उपचारात्मक वर्ष’ : राष्ट्रसंघ

नयाँ वर्ष २०२१ ‘उपचारात्मक वर्ष’ : राष्ट्रसंघ

व्यानर न्यूज, स्वास्थ्य
संयुक्त राष्ट्रसंघ, कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गरेका हुन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नुपर्नेमा जोड दिएका छन् ।  ‘आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अवरोध तथा समस्याहरुको सामना पनि गरौँ’ उनले भिडियोमा भनेका छन् । सन् २०२० भरी कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभरी १७ लाख ८३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजार भन्दा बढी सङ्क...
मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट

व्यानर न्यूज, समाचार
काठमाण्डौ, प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन संविधान विपरित रहेको दावी गर्दै  रिट दायर गरेका हुन् । सरकार कामचलाउ अवस्थामा बनेपछि ओलीले १० पुसमा मन्त्रिपरिषद् विस्तार गरेका थिए रिटमाथि सुनुबाईका लागि १५ गते बुधबार पेसी तोकिएको छ ।...
उखु किसानको आन्दोलन स्थगित , ४ बुँदे सहमति

उखु किसानको आन्दोलन स्थगित , ४ बुँदे सहमति

व्यानर न्यूज, समाचार
पौष १३, काठमाडौँ — सरकार र उखु किसानबीच २१ दिनभित्र भुक्तानी पाउने गरि सोमबार ४ बुँदे  सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय , गृहमन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच सम्झौता भएको हो । सहमतिअनुसार किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सरकारले सम्बन्धित उद्योगहरुबाट २१ दिनभित्रमा उपलब्ध गराउनेछ । तोकिएको म्यादभित्र बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीहरुलाई सम्बन्धित निकायहरुसँग समन्वय गरी थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि सहमति पत्रमा उल्लेख छ । सरकारसँग सहमति भएसँगै उखु किसानले काठमाडौंमा १६ दिनदेखि गरेको धर्ना प्रदर्शन पनि स्थगित गर्ने भएका छन् । त्यस्तै उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी १२० दिनभित्र सुझाव पेस गर्न एक संयुक्त प्राविधिक समिति गठन गर्ने पनि सहमति भएको छ । उक्त समितिले बक्यौता...
एक वर्षदेखि नाकामा चीनको अघोषित नाकाबन्दी, अर्बौंका सामान अलपत्र

एक वर्षदेखि नाकामा चीनको अघोषित नाकाबन्दी, अर्बौंका सामान अलपत्र

व्यानर न्यूज, समाचार
१० पुस, काठमाडौं । गत वर्षको जाडोमा बिक्रीका लागि ज्याकेट, जुत्ता, खाद्यान्न लगायतका सामानले भरिएको ३० कन्टेनर सामान सिल्क ट्रान्सपोर्टले चीनबाट नेपाल ल्याउँदै थियो । तर २५ दिनमै आउने सामान एक वर्ष बित्दा पनि देश भित्रिन सकेका छैनन् । कोरोनालाई देखाएर चीनले नाका ठप्प बनाएपछि नेपाली व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । एक अर्ब रुपैयाँ बराबरका वस्तुहरु एक वर्षदेखि चिनियाँ नाकामा रोकिएको व्यवसायीले सम्वन्धित निकायमा गुनासो गर्दै आएपनि हालसम्म कुनै सुनवाई भएको छैन । पछिल्लो एक वर्षमा नेपालसँगको व्यापारमा चिनले कडा व्यवहार देखाइरहेको छ । नेपाल(चीन नाकाहरु धेरैजसो चिनीया पक्षकै कारण यो वर्ष अवरुद्ध भएका छन् । नयाँ वर्ष २०२० मनाउन भन्दै चीनले माघ १५ गते केही दिनका लागि आफ्नोतर्फको नाका बन्द गरेको थियो । त्यसलगत्तै कोरोना महामारी देखिएपछि चीनले नाका बन्द गर्ने निणर्य लम्ब्यायो । च...
प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको बिशाल प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको बिशाल प्रदर्शन

व्यानर न्यूज, समाचार
प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आइतबार काठमाडौंमा बिशाल प्रदर्शन गरेको छ । पुस ५ मा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरे अनुसार पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन, पुस ११ मा मसाल जुलुस र पुस १२ मा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । ...