Monday, July 27[email protected]
Shadow

व्यानर न्यूज

भारत सरकारद्धारा नेपाललाई  ३०६ मिलियन नेपाली रुपैया सहयोग

भारत सरकारद्धारा नेपाललाई ३०६ मिलियन नेपाली रुपैया सहयोग

व्यानर न्यूज, समाचार
पौष २३,काठमाण्डौ, भारतिय राजदुताबासको उप प्रमुख सुश्री नमग्या खम्पाले राष्ट्रीय पुर्ननिर्माण प्राधिकरणको प्रमुख श्री सुशिल ज्ञाबालीसंग भेट गर्नुभएको छ  भेटमा भारत सरकारको सहयोगमा भईरहेको पुर्ननिर्माण कार्य बारे छलफल भएको छ । उक्त अवसरमा सुश्री खम्पाले भूकम्पबाट प्रभावित स्कुलहरुको पुर्ननिर्माण कार्यका लागि ३०६.६ मिलियन नेपाली रुपैया नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको छ ।...
अपहरण अभियोगमा दुई चिनियाँ  नागरिक पक्राउ

अपहरण अभियोगमा दुई चिनियाँ नागरिक पक्राउ

व्यानर न्यूज, समाचार
पुस २३, काठमाडौं । प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा दुईजना चिनियाँ नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई, सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामा छन् । उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र लि जिओनिङलाई अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो । उनीहरुले १९ पुसमा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट दुई जनालाई अपहरण गरेको जाहेरीमा उल्लेख छ । जाहेरीमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुलाई बुधबार ठमेलबाट पक्राउ गरिएको छ । थप अनुसन्धान जारी छ ।...
नेपाली सेनाद्धारा रौतहटमा स्वास्थ्य शिविर संचालन

नेपाली सेनाद्धारा रौतहटमा स्वास्थ्य शिविर संचालन

व्यानर न्यूज, समाचार
पौष २२,रौतहट, नेपाली सेनाले रौतहटको राजपुर नगरपालिका- ९ बैरियामा सञ्चालन गरेको स्वास्थ्य शिविरमा पुगेर २४३ स्थानीयले उपचार सेवा लिएका छन्  नागरिक सैनिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यले गत सोमबार सञ्चालन गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयलाई जनरल तथा डेन्टल उपचार सेवा प्रदान गरिएको थियो । उक्त स्वास्थ्य शिविरबाट ११० महिला, १०१ पुरुष र ३२ बालबालिकाले उपचार प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाको नं २८ बाहिनी र त्यहा रहेको घुम्ती एम्बुलेन्स गुल्म, नेपाल औषधि उत्पादक सङ्घ, प्रदेश नं २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा र इन्द्रबक्स गण सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको थियो ।    कोभिड-१९ का कारण स्वास्थ्य सेवाबाट बञ्चित दुर्गम तथा पिछडिएको क्षेत्रका नागरिकलाई स्थान विशेषमै पुगेर निःशुल्क औषधि तथा स्वास्थ्य सेवा उपलब्ध गराउने कार्य...
जनता समाजवादी पार्टी नेपाल सधैभरी अग्रगमनको पक्षमा : अध्यक्ष ठाकुर

जनता समाजवादी पार्टी नेपाल सधैभरी अग्रगमनको पक्षमा : अध्यक्ष ठाकुर

व्यानर न्यूज, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सधैभरी अग्रगमनको पक्षमा रहने बताएका छन् । बुधवार बानेश्वरमा आयोजित प्रचण्ड नेपाल समूहको छलफल कार्यक्रममा उनले प्रतिगमनको पक्षमा नजाने बताए । तर उनले संसद विघटन कदममा अदालतप्रति भरोसा नभएको बताए । ठाकुरले भने, ‘संसद विघटनको विषयमा अदालतप्रति विश्वास छैन ।’ ठाकुरले अहिलेको अवस्था आउनुमा संविधानमै त्रुटि भएको उल्लेख गरे। ‘संविधानका बिषयमा आन्दोलनमा जाँदा अत्याचार भया े। हामीले त ओलीलाई बहिस्कार नै गरेका थियौं। संविधानले हामीलाई न्याय दिन्न,’ उनले भने । ओली सरकारविरूद्ध जसपा आन्दोलित रहेको भन्दै आफूहरु सँगै रहेको उनले बताए ....
४१९ जनामा कोरोना संक्रमण पुष्टि

४१९ जनामा कोरोना संक्रमण पुष्टि

व्यानर न्यूज, स्वास्थ्य
पुस १८, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार नमुना परीक्षण गर्दा १७४ महिला र २४५ पुरुष गरि ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । उनीहरुमध्ये २ लाख ५३ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् भने १८७० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ५ हजार ७११ संक्रिय संक्रमित छन् भने २१८ जनाको आईसीयू र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।...