Monday, July 27[email protected]
Shadow

जनता समाजवादी पार्टी नेपाल सधैभरी अग्रगमनको पक्षमा : अध्यक्ष ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरु सधैभरी अग्रगमनको पक्षमा रहने बताएका छन् । बुधवार बानेश्वरमा आयोजित प्रचण्ड नेपाल समूहको छलफल कार्यक्रममा उनले प्रतिगमनको पक्षमा नजाने बताए ।

तर उनले संसद विघटन कदममा अदालतप्रति भरोसा नभएको बताए । ठाकुरले भने, ‘संसद विघटनको विषयमा अदालतप्रति विश्वास छैन । ठाकुरले अहिलेको अवस्था आउनुमा संविधानमै त्रुटि भएको उल्लेख गरे।

संविधानका बिषयमा आन्दोलनमा जाँदा अत्याचार भया े। हामीले त ओलीलाई बहिस्कार नै गरेका थियौं। संविधानले हामीलाई न्याय दिन्न, उनले भने । ओली सरकारविरूद्ध जसपा आन्दोलित रहेको भन्दै आफूहरु सँगै रहेको उनले बताए .

Leave a Reply

Your email address will not be published.