Thursday, July 30[email protected]
Shadow

समाचार

वाग्मती लोकसेवा आयोगका सदस्यद्वारा शपथ

वाग्मती लोकसेवा आयोगका सदस्यद्वारा शपथ

समाचार
हेटौँडा । वाग्मती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले उक्त आयोगका नवनियुक्त सदस्यद्वय सुदर्शनप्रसाद ढकाल र शर्मिला न्यौपानेलाई आज पद तथा गोपनियताको शपथ गराउनुभएको छ । उहाँहरु दुवैलाई प्रदेश सरकारले हालै नियुक्त गरिएको थियो । कार्यक्रममा वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसार्इंले संविधानको मर्मलाई अक्षरस पालना गर्दै आफ्नो पदीय मर्यादा र जिम्मेवारीलाई निष्पक्ष र पारदर्शिताका साथ कार्यक्षेत्र खटिन आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले सुशासन ल्याउन निजामती कर्मचारीले कर्तव्यनिष्ठ रहेर जनहितका लागि सेवा भावले काम गर्नेतर्फ सधैँ अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । शपथ कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ तथा प्रदेश मन्त्रिपरिषद्का मन्त्रीको सहभागिता थियो ।...
पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ ः मन्त्री भट्टराई

पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ ः मन्त्री भट्टराई

पर्यटन, विजनेश, समाचार
काठमाडा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उहाँले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षितरुपमा रहेका बताउनुभयो । उहाँले पर्यटकलाई कुनै आपतविपत् परे सरकारले जुनसुकै बेला पनि उद्धार गर्ने उल्लेख गर्नुभयो । “दश वर्ष जनयुद्धका बेलामा पनि कुनै पर्यटकलाई केही भएन, त्यसले पनि नेपाल पर्यटकका लागि सुरक्षित भन्ने देखाउँछ”, उहाँले भन्नुभयो, “नेपाल भ्रमण वर्षमा पनि कोही पर्यटक सङ्कित हुनुपर्दैन ।” उहाँले पर्यटकलाई आपतविपत्मा चाँडो सुरक्षा गर्न व्यवस्था मिलाइएको जानकारी गराउनुभयो । उहाँले अन्नपूर्ण पदमार्गमा करीब दुई सय पर्यटकलाई सुरक्षित ठाउँमा स्थान्तरण गरिएको बताउनुभयो । उहाँले नेपाल भ्रमण वर्षलाई केहीले असफल बनाउने प्रय...
सुदूरपश्चिम प्रदेश सरकारले छाडा चौपायाको व्यवस्थापन गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले छाडा चौपायाको व्यवस्थापन गर्ने

कृषि र सहकारी, समाचार
अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले छाडा पशुचौपायाको उचित व्यवस्थान गर्ने भएको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले छाडा पशुचौपाया व्यवस्थापन गर्ने सम्बन्धी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बनाएको कार्यविधि २०७६ लाई स्वीकृत गरेको छ । छाडा चौपायाका कारण कैलाली र कञ्चनपुरका बासिन्दाले ठूलो हैरानी खेप्नु परेकाले उचित व्यवस्थापन गर्न कार्यविधि बनाएर लाग्ने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले तयार पारेको ‘पशुपक्षी मोडेल फार्म स्थापना कार्यक्रम सञ्चालन कार्यविधि २०७६’, ‘मिल्क एनालाइजर वितरण कार्यविधि, २०७६’ र कृषि यान्त्रिकीकरण अनुदान परिचालन कार्यविधि, २०७६’ लाईसमेत मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयार पारेको ‘खप्तड क्षेत्...
चालक अनुमतिपत्र वितरणको शुभारम्भ

चालक अनुमतिपत्र वितरणको शुभारम्भ

विजनेश, समाचार, सूचना प्रविधि
सुर्खेत । यातायात व्यवस्था कार्यालयले आजबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य शुभारम्भ गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीच अन गरेर स्मार्ट सवारी चालक अनुमतिपत्र शुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री शाहीले चालक अनुमति पत्र व्यक्तिको दक्षताका आधारमा मात्र प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । “यातायात क्षेत्र अति संवेदनशिल जगत हो, उदार भएर सवारी अनुमतिपत्र दिने काम कर्मचारीले नगर्नुस्”, उहाँले भन्नुभयो, “यसका लागि कसैले माथिल्लो तहबाट पनि दबाब दिने काम नगरौँं ।” उदार भएर अनुमतिपत्र दिने र दबाब दिने तथा लिनेलाई कारवाही गर्ने उहाँले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “कर्णालीमा भौगोलिक जटिलता धेरै भएकाले सानो कमजोरीले पनि ठूलो जनधनको क्षति हुने सम्भावना छ, यसमा सबैले ध्यान दिन जरुरी छ ।” यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि कानून ...
मूर्तिकला कार्यशालाका लागि सहयोग जुट्दै

मूर्तिकला कार्यशालाका लागि सहयोग जुट्दै

जीवनशैली, विजनेश, समाचार
बागलुङ ।  गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने अन्तरराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाका लागि सरकारी निकायदेखि जनस्तरसम्मको सहयोग जुटिरहेको छ । स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीबाट करिब रु ३० लाख मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क प्राप्त भएको गलकोट कला प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले टेउवामा कार्यशाला चलाउने योजना ल्याएपछि स्थानीयवासी जग्गा दिन तयार भएका थिए । जग्गाको जोहो भएसँगै कार्यशालाका लागि पूर्वाधार तयारीको कामले गति लिएको थियो । कार्यशालास्थलमा सडक, भवन, शौचालयलगायतका संरचना बनिसकेका छन् । खानेपानी, बिजुली, सवारी राख्ने ठाउँ, वनभोजस्थल र घेराबारको काम अन्तिम चरणमा पुगेको छ । कार्यशालामा मूर्ति कुँद्न योग्य ढुङ्गा वडा नं ३ हटियाका दीपक बोहराले निःशुल्क उपलब्ध गराउनुभएको छ । बोहरागाउँको सहस...