Thursday, July 30[email protected]
Shadow

समाचार

उत्पादकत्व बढाउन रूख काट्ने अभियान

उत्पादकत्व बढाउन रूख काट्ने अभियान

कृषि र सहकारी, विजनेश, समाचार
बलेवा । जैमिनी नगरपालिकाले एक साताअघि रूख बिरुवा काट्ने अभियान थालेको छ । नगरपालिकाले सूचना जारी गरेर घर वरिपरिका रूख नहटाइएमा जबर्जस्ती हटाएर खर्च भराउने पनि चेतावनी दिएको छ । वर्षौं लगाएर हुर्काएका बिरुवा हटाउने निर्णय गर्नु राम्रो नहुन सक्छ तर दैनिक जीवनमा आइपरेका समस्या र उत्पादनमा परेको असरले यो निर्णय लिइएको नगरपालिकाले जनाएको छ । यस्तै अभियान बागलुङ नगरपालिकामा पनि चलाइएको छ । नगरपालिकाको बलेवा खण्डमा ठूलै लहर आयो । घरको १० मिटर वरिपरि रूखै नराख्ने भन्नेसम्म लहर चल्यो । त्यो अभियानले पूर्णता भने पाइसकेको छैन । पछिल्लो समय मालिका, भान्सा, सिम, कालीमाटीतर्फ पनि उक्त अभियान चलाइएको छ । रूख काट्ने अभियानलाई कतिपयले टीकाटिप्पणी पनि गरेका छन् “खेतीपाती त भएन, जङ्गली जनावरको पनि डर भयो”, बागलुङ–५ का अध्यक्ष शिवप्रसाद सापकोटाले भन्नुभयो, “अहिले रूख काटेर खेती लगाउने, झाडी पन्छाएर सुरक्षित ...
फोटोसहित जारी भएको परिचयपत्र देखाएर मतदान गर्न सकिने

फोटोसहित जारी भएको परिचयपत्र देखाएर मतदान गर्न सकिने

समाचार
काठमाडौ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको यही माघ ९ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रको विकल्पमा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रका आधारमा पनि मतदान गर्नसक्ने व्यवस्था मिलाएको छ । प्रदेशसभा सदस्य वा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखको प्रमाणको यकिन गर्न निर्वाचित भएको प्रमाणपत्र र यसअघिका निर्वाचनमा प्रयोग भएको मतदाता परिचयपत्र लिएर मतदानका लागि आउन आयोगले मतदातालाई सुचित गरेको छ । आयोगका सहसचिव राजकुमार श्रेष्ठद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रमाणपत्र हराए वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रका आधारमा निर्वाचन मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ एकिन गरी मतदान...
भूकम्प प्रभावित स्थानीय तहमा सामाजिक परिचालक खटाइने

भूकम्प प्रभावित स्थानीय तहमा सामाजिक परिचालक खटाइने

समाचार
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान लिएर हालसम्म पनि बनाउन शुरु नभएका घरका विषयमा अध्ययन गर्न प्रभावित जिल्लाका स्थानीय तहमा सामाजिक परिचालक खटाउने भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनामा सदाचार विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित ३२ जिल्लामा ९८८ दक्ष निर्माणकर्मी पनि खटाउन लागिएको जानकारी गराउनुभयो । “शहरी क्षेत्रको पुनःनिर्माण ग्रामीण भेगको तुलनामा ढिलो भएको छ, शहरी क्षेत्रमा टेको लगाएर राखिएका घरका सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गरेर किन बनेन भनी खोजी गर्ने तयारीमा प्राधिकरण छ, जनताको घर किन बनेन भनी खोज्नु जनप्रतिनिधिको पनि दायित्व हो”, उहाँले भन्नुभयो । ...
मयुँरका पखेटा बरामद

मयुँरका पखेटा बरामद

विजनेश, समाचार
  सर्लाही । ब्रह्मपुरीकाट प्रहरीले बेवारिसे अवस्थामा मयँुरको पँखेटा बरामद गरेको छ । ब्रह्मपुरी गाउँपालिका–५ सखुवाबाट बेवारिसे अवस्थामा छाडिएका तीन पोका मयँुरका पँखेटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी चौकी पर्साको टोलीले गस्ती गर्ने क्रममा आइतबार साँझ बेवारिसे अवस्थामा तीन पोका मयँुरका पँखेटा बरामद गरेको जनाइएको छ । डिभिजन वन कार्यालयसँग समन्वय गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । उक्त पँखेटा भारततर्फ तस्करी गर्न खोजे पनि सीमा पार गराउन नसक्ने भएपछि बेवारिसे अवस्थामा छाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । बरामद गरिएका मयुँरका पँखेटाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
‘जनताको जनवादका आधारहरु’ बजारमा

‘जनताको जनवादका आधारहरु’ बजारमा

समाचार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक कार्यदिशामा आधारित गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ पुस्तक बजारमा आएको छ । इण्डिको इङ्क प्रकाशनले प्रकाशन गरेको पुस्तकमा जनताको जनवादका मुख्य आधार प्रस्तुत गरिएको छ । पुस्तकको पहिलो खण्डमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा, २०१५ सालको आम निर्वाचनमा नेकपाले सार्वजनिक गरेको चुनावी घोषणापत्र, २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको घोषणा गरेपछि नेकपाले राष्ट्रका नाममा गरेको अपिल र पुष्पलालको लेख ‘मूलबाटो’का मूल अंश समावेश छन् । यसलाई नेकपाको एकीकृत अवस्थाको खण्डका रुपमा पुस्तकमा राखिएको छ । पुस्तकको दोस्रो खण्डमा तत्कालीन नेकपा (एमाले) का ऐतिहासिक दस्तावेजका मूल अंश समावेश गरिएका छन् । दोस्रो खण्डमा मुख्यतः जननेता मदन भण्डारीद्वारा प्रस्तुत एवं पारित ‘जनताको बहुदलीय जनवाद’सम्बन्धी...