चालक अनुमतिपत्र वितरणको शुभारम्भ
सुर्खेत । यातायात व्यवस्था कार्यालयले आजबाट सवारी चालक अनुमतिपत्र वितरण कार्य शुभारम्भ गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीच अन गरेर स्मार्ट सवारी चालक अनुमतिपत्र शुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
मुख्यमन्त्री शाहीले चालक अनुमति पत्र व्यक्तिको दक्षताका आधारमा मात्र प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । “यातायात क्षेत्र अति संवेदनशिल जगत हो, उदार भएर सवारी अनुमतिपत्र दिने काम कर्मचारीले नगर्नुस्”, उहाँले भन्नुभयो, “यसका लागि कसैले माथिल्लो तहबाट पनि दबाब दिने काम नगरौँं ।”
उदार भएर अनुमतिपत्र दिने र दबाब दिने तथा लिनेलाई कारवाही गर्ने उहाँले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “कर्णालीमा भौगोलिक जटिलता धेरै भएकाले सानो कमजोरीले पनि ठूलो जनधनको क्षति हुने सम्भावना छ, यसमा सबैले ध्यान दिन जरुरी छ ।” यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि कानून ...
