सुरक्षा र प्रतिफलका हिसाबले ऋणपत्रमा लगानी उत्तम
बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जनकशर्मा पौड्यालले सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। विसं २०२१ मा पर्वतको शंकरपोखरीमा जन्मिएका उनी गाउँको विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्न राजधानी आएका थिए।
सरस्वती क्याम्पसबाट आइकम र बिकम अध्ययन गरेका उनी आफ्नो ‘ब्याच’का कलेज ‘टपर’ पनि हुन्। २०४४ मा ‘जुनियर क्लर्क’बाट नबिल बैंकमा प्रवेश गरेका उनले ११ वर्ष अनुभव लिइसकेपछि एनआइसीबैंकमा जिम्मेवारी सम्हालेका थिए।
एनआइसी बैंकमा करिब पाँच वर्ष जिम्मेवारी सम्हालेपछि लक्ष्मीबैंकमा प्रवेश गरेका उनले करिब अढाइ वर्षजति त्यहाँ बिताए। लक्ष्मीबैंकमा प्रवेश गरेपछि १५ महिना अध्ययनका लागि बेलायत गएका उनले लन्डन स्कुल अफ कमर्सबाट एमबिए अध्ययन गर्दागर्दै पिआर पनि पाए। तर, मुलुकको बैंकिङ क्षेत्रमै काम गर्ने अठोट लिएका उनले नेपाल फर्केपछि ...
