Thursday, July 30[email protected]
Shadow

समाचार

साउथ एसियन कन्ट्रिज एसएमई फोरमले मनायो वल्र्ड एसएमई दिवस

साउथ एसियन कन्ट्रिज एसएमई फोरमले मनायो वल्र्ड एसएमई दिवस

उद्योग, समाचार
काठमाडौं । विश्वस्तरमा मनाइने साना तथा मझौला व्यवसाय दिवस ९जुन २७० को अवसरमा साउथ एसियन कन्ट्रिज एसएमई फोरमले समस्त लघु, घरेलुु तथा साना उद्यमीहरुमा हार्दिक शुभ–कामना व्यक्त गरेको छ । पाश्चात्य मुलुकहरुमा साना तथा मझौला व्यवसाय९एसएमई० भन्ने गरिएता पनि दक्षिण एशियाली मुलुकहरुको परिप्रेक्ष्यमा लघु, घरेलु तथा साना उद्योगको रुपमा चिनिने गरेको फोरमका अध्यक्ष सुरेश प्रधानले बताउनुभयो । यस्तै उद्योगहरुको विकास र प्रवद्र्धनका लागि हरेक वर्ष विश्व एसएमई दिवसका रुपमा मनाइने गरेको सन्दर्भमा यस वर्ष पनि जुन २७ तारिख मनाइने भएको छ । यस दिन नेपाल लगायत सबै जसो देशमा लघु, घरेलु तथा साना उद्यमीहरुले विविध कार्यक्रमहरुको आयोजना गरि उक्त दिवस मनाइने गरिएको हुँदा मुलुकको आर्थिक समृद्धिको आधारस्तम्भको रुपमा रहेका सम्पूर्ण लघु, घरेलु तथा साना उद्यमीहरुलाई फोरमले बधाई तथा शुभ–कामना व्यक्त गरेको छ । कोभिड–१९ क...
ललितकला पुरस्कार घोषणा

ललितकला पुरस्कार घोषणा

समाचार, साहित्य
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) ले हरेक वर्ष गर्दै आएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७७’ कोरोना भाइरसका कारण रोकिएको छ । वैशाख २ गते देखि सञ्चालन गर्ने भनिएको उक्त प्रदर्शनी कोरोना भाइरस (कोभिड–१९) को कारण भएको बन्दाबन्दीले रोकिएको (नाफा) ले जनाएको हो । प्रदर्शनी गर्न सम्भव नभएको हुँदा हाल वैकल्पिक (अनलाइन वा अन्य) माध्यमबाट प्रदर्शनी गर्ने विषयमा छलफलसमेत भइरहेको प्रज्ञा प्रतिष्ठानका कुलपति केके कार्मचार्यले बताउनुभयो । प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेद्वारा जारी विज्ञप्तिमार्फत पुरस्कृत व्यक्तित्वको नाम सार्वजनिक गरेको हो । राष्ट्रिय ललितकला प्रदर्शनीका लागि संकलन भएका कलाकृतिहरुलाई पुरस्कृत गर्नका लागि कलाकृतिको मूल्याङ्कन भइसकेको हुँदा पुरस्कृत कलाकारहरु तथा प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने पुरस्कार सार्वजनिक गरेको हो । जसमा एक लाख राशीको राष्ट्रिय ...
साना उद्योगहरुका लागि राहत प्याकेज ल्याउन घरेलु महासंघको आग्रह

साना उद्योगहरुका लागि राहत प्याकेज ल्याउन घरेलु महासंघको आग्रह

उद्योग, व्यानर न्यूज, समाचार
काठमाडौं । कोरोनाबाट प्रताडित लघु, घरेलु तथा साना उद्योगहरुका लागि राहत प्याकेज तथा कार्यक्रमका लागि नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले यस्ता उद्यमीले लिएको कर्जाको किस्ता तथा ब्याज लकडाउन खुलेको एक वर्ष भित्रमा तिर्न सकिने व्यवस्था गर्न आग्रह गर्दै कोरोना भाइरस संक्रमणको अवधिभरको बैंक ब्याज तथा हर्जाना मिनाह गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएको हो । महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले लकडाउनपछि खुल्ने उद्योगहरुलाई चालु पूँजीको आवश्यकता पर्नसक्ने भएकाले कर्जा लिएका उद्यमीहरुलाई आवश्यकता अनुसार सहुलियतपूर्ण पुर्नकर्जाको व्यवस्था गर्दै विगतमा कर्जा नलिएका उद्यमीहरुलाई बढीमा दुई प्रतिशत ब्याजमा सहुलियत दरमा चुक्ता पूँजीको कम्तिमा ७० प्रतिशितसम्म कर्जा उपलव्ध गराउने व्यवस्था हुनुपर्ने बताउनुभयो । विद्यमान बैंक कर्जा प्रवाह...
महामारीको जोखिम न्यूनीकरणका लागि सघाउन मातहतका निकायलाई महासंघको सर्कुलर

महामारीको जोखिम न्यूनीकरणका लागि सघाउन मातहतका निकायलाई महासंघको सर्कुलर

उद्योग, विजनेश, व्यानर न्यूज, समाचार
काठमाडौं । मुलुकमा देखिएको विषम परिस्थितिलाई सहयोग गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले स्थानीय, जिल्ला शाखा तथा प्रदेश संघहरुलाई सक्रिय बनाएको छ । नेपालमा कोरोना संक्रमित एक पछि अर्को गर्दै देखिन थालेको परिप्रेक्ष्यमा त्यसको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्न मातहतका निकायलाई आग्रह गरेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताउनुभयो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण नेपालमा देखिन थालेको हुँदा भाइरस संक्रमितहरुको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्नु हामी सबैको कर्तव्य भएको महासंघले स्पष्ट पारेको छ । यसका लागि चाहिने स्थानीयस्तरबाट उत्पादित आधारभूत सामग्रीहरु जुटाउन पहल गरी प्रदेश तथा स...
सगरमाथाका आरोहण लागि विना अक्सिजन प्रस्थान

सगरमाथाका आरोहण लागि विना अक्सिजन प्रस्थान

पर्यटन, विजनेश, समाचार
सगरमाथा आरोहीहरु टासिलाक्पा शेर्पा, मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पाले विना अक्सिजन विन्टर एभरेस्ट स्पिड आरोहण गर्न सोमबार सगरमाथा आधार शिविर प्रस्थान गर्नु भएको छ । प्रस्थान गर्नुअघि पत्रकार सम्मेलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि असमान्य सिजनमा सबैभन्दा छोटो समयमा आरोहण गरी विश्व कीर्तिमान कायम गर्न लागिएको टासिलाक्पा शेर्पाले बताउनुभयो । उहाँले आठ पटक सगरमाथा आरोहण गरिसक्नु भएको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै विश्वका आरोहीहरुको ध्यान नेपालतिर केन्द्रित गर्न आफूहरुको आरोहणले मद्दत गर्ने अर्का आरोही मिङतेम्बा शेर्पाको दावी छ । उहाँका अनुसार विश्वमा बिरलै रुपमा यस्तो क्लाईविङ (आरोहण) हुने गरेको छ । सन् १९८० मा र सन १९९३ मा विदेशीहरुले यस्तो क्लाईविङ (आरोहण) गरेको पाईन्छ । उनीहरुले झण्डै दुई महिना लगाएर क्लाईविङ (आरोहण) गरेका थिए । तर आफु...