Thursday, July 30[email protected]
Shadow

विजनेश

विश्वव्यापी प्रतियोगितामा आठ बालचित्रकला छनोट

विश्वव्यापी प्रतियोगितामा आठ बालचित्रकला छनोट

जीवनशैली, विजनेश, समाचार
काठमाडौँ । जापानमा हुने ‘मित्सुबिसी एशियाली बालचित्र डायरी महोत्सव २०२०’ का लागि नेपालका आठ बालबालिकाका चित्रकला छानिएका छन् । महोत्सवअन्तर्गत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालको सचिवालयको आयोजना र जापानको युनेस्को सचिवालयको सहयोगमा नेपालका सातै प्रदेश र ७७ जिल्लामा ‘यही हो मेरो जीवन’ विषयमा तयार गरिएका चित्रकलामध्येबाट आठ बालबालिकाका चित्रकला छानिएको हो । चित्र डायरीको घोषणा र दुई दिने प्रदर्शनी उद्घाटनका लागि आज बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले उत्कृष्ट बालबालिकालाई अन्तरराष्ट्रियस्तरको पुरस्कारसमेत प्राप्त गर्न शुभकामना दिनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर संयोजक रहेको छनोट समितिको निर्णयअनुसार इलामको महमाई आधारभूत विद्यालय...
सुर्तीजन्य पदार्थसहित तीन पक्राउ

सुर्तीजन्य पदार्थसहित तीन पक्राउ

विजनेश, समाचार
काठमाडौ । नेपाल प्रहरीले ठूलो मात्रामा भन्सार छलेर ल्याइएको सुर्तीजन्य पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अवैध रुपमा सुर्तीजन्य तथा पान मसला भन्सार छलेर ल्याएको सामानसहित दुई भारतीय र एक नेपालीलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा भारतीय नागरिक मोहमद आदिल हुसेन, उदय भन्ने शरणकुमार सिंह र नेपाली नागरिक नारायण बोगटी छन् । महाशाखाले आज पत्रकार सम्मेलन गरी भन्सार छली तथा चोरीपैठारी गरी विभिन्न सवारी साधनमार्फत काठमाडौँसम्म ल्याएर कारोबारमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको हो । प्रहरीले हुसेनलाई सुुन्धारा, बोगटीलाई ललितपुरको धापाखेल र सिंहलाई गौरीघाटबाट आइतबार साँझ पक्राउ गरेको हो । सम्मेलनमा महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले आपसमा ‘सेटिङ’ मिलाएर सामान भन्सार छलेर काठमाडौँ ल्याइने गरेको बताउनुभयो । “पक्राउ परेकाले सुर्तीज...
साना उद्योगका निर्यातयोग्य वस्तुहरुको ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

साना उद्योगका निर्यातयोग्य वस्तुहरुको ट्रेडमार्क स्वामित्व कायम गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

उद्योग, विजनेश, व्यानर न्यूज, समाचार
काठमाडौं । स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत लघु, घरेलु तथा साना उद्योग विकास कोषले संयुक्त रुपमा मङ्गलबार राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्योगहरुका लागि ट्रेडमार्क तथा बौद्घिक सम्पत्ति संरक्षण’ विषयक एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपालले विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात विश्व व्यापार संगठनका सदस्य अन्य मुलुकहरुमा डब्लुटिओको नियम कानुन अन्तरगत रही आफना उत्पादनहरु अन्य सदस्य मुलुकहरुमा निर्यात गर्दै आएको बताउँदै भन्नुभयो – ‘यस अवस्थामा नेपालमा उत्पादन हुने कतिपय वस्तुहरु अन्य मुलुकह...
नेपालस्थित भारतीय दूतावासले ७१औँं गणतन्त्र दिवस मनायो

नेपालस्थित भारतीय दूतावासले ७१औँं गणतन्त्र दिवस मनायो

विजनेश, व्यानर न्यूज, समाचार
काठमाडौँ  । भारतको ७१औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभयो । कार्यवाहक राजदूत अजय कुमारले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, पूर्वमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकृत, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, उद्योगपति, व्यापारी, समाजसेवी, कामको सिलसिलामा काठमाडौँमा रहेका भारतीय नागरिक र वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति थियो । नेपालस्थित भारतीय दूतावासले आतबार विभिन्न कार्यक्रमको आयोजना गरी भारतको ७१औँं गणतन्त्र दिवस मनाएको छ । लैनचौरस्थित दूतावासमा कार्यवाहक राजदूत डा. अजय कुमारले भारतको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै गणतन्त्र दिवस समारोहको आरम्भ गर्नुभयो । त्यस अवसरमा कार्यवाहक राजदूतले एकजना विरङ्गना नारी,...
उत्पादकत्व बढाउन रूख काट्ने अभियान

उत्पादकत्व बढाउन रूख काट्ने अभियान

कृषि र सहकारी, विजनेश, समाचार
  बलेवा । जैमिनी नगरपालिकाले एक साताअघि रूख बिरुवा काट्ने अभियान थालेको छ । नगरपालिकाले सूचना जारी गरेर घर वरिपरिका रूख नहटाइएमा जबर्जस्ती हटाएर खर्च भराउने पनि चेतावनी दिएको छ । वर्षौं लगाएर हुर्काएका बिरुवा हटाउने निर्णय गर्नु राम्रो नहुन सक्छ तर दैनिक जीवनमा आइपरेका समस्या र उत्पादनमा परेको असरले यो निर्णय लिइएको नगरपालिकाले जनाएको छ । यस्तै अभियान बागलुङ नगरपालिकामा पनि चलाइएको छ । नगरपालिकाको बलेवा खण्डमा ठूलै लहर आयो । घरको १० मिटर वरिपरि रूखै नराख्ने भन्नेसम्म लहर चल्यो । त्यो अभियानले पूर्णता भने पाइसकेको छैन । पछिल्लो समय मालिका, भान्सा, सिम, कालीमाटीतर्फ पनि उक्त अभियान चलाइएको छ । रूख काट्ने अभियानलाई कतिपयले टीकाटिप्पणी पनि गरेका छन् “खेतीपाती त भएन, जङ्गली जनावरको पनि डर भयो”, बागलुङ–५ का अध्यक्ष शिवप्रसाद सापकोटाले भन्नुभयो, “अहिले रूख काटेर खेती लगाउने, झाडी पन्छाएर...