Sunday, November 22[email protected]
Shadow

Author: mukesh jha

कोरोनाको खोप निजी क्षेत्रलाई पनि ल्याउन दिइने ।

कोरोनाको खोप निजी क्षेत्रलाई पनि ल्याउन दिइने ।

विजनेश, व्यानर न्यूज
पौष १६,काठमाण्डौ, सरकारले निजी क्षेत्रलाई समेत कोरोना भाइरस विरूद्धको खोप आपूर्ति गर्न अनुमति दिएको छ। बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई समेत खोप आपूर्तिको अनुमति दिनेबारे छलफल भएको जानकारी गराए। उनले सरकारको तर्फबाट पनि छिटोभन्दा छिटो खोप ल्याउन र सबभन्दा पहिले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जेष्ठ नागरिकलाई लगाइने बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी क्षेत्रलाई पनि खोप आपूर्ति गर्न दिने निणर्य नजिक पुगेको जानकारी दिए। उनले अब चाँडै नै त्यसबारे निणर्य हुने बताए। प्रवक्ता गौतमले निजी क्षेत्रले ल्याएको खोप पनि पहिले सरकारले प्राथमिकीकरण गरेको समूहलाई लगाइने जनाए। सरकारले सुरूमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जेष्ठ नागरिकलाई खोप लगाइने जनाएको छ...
अन्तर्राष्ट्रिय मिडियाको भाष्य : नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्दैछ !

अन्तर्राष्ट्रिय मिडियाको भाष्य : नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गर्दैछ !

व्यानर न्यूज, समाचार
पुस १७, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ गैचोको नेपाल भ्रमणले अन्तराष्ट्रिय सञ्चार माध्यममा निकै प्राथमिकता पायो । विश्वका प्रमुख समाचार एजेन्सीदेखि ठूला अखबारले सो समाचारलाई राम्रै स्थान दिए । केही समय अगाडि भएको चिनियाँ रक्षामन्त्रीको भ्रमणको समयमा भन्दा यसपटक बढी कभरेज भयो । चिनियाँ विदेश मन्त्रालयमा हुने नियमित पत्रकार सम्मलेनमा पनि यी प्रश्नहरु उठे । यसको एउटै कारण हो- भ्रमणको समय र उद्देश्य । कुनै पनि मुलुकमा अनपेक्षित रुपमा राजनीतिक संकट उत्पन्न भयो भने पहिला नै तय भएका भ्रमणसमेत स्थगित गरिन्छन् । तर, चीनले भने राजनीतिक संकटकै बीचमा आफ्ना उच्च अधिकारीलाई नेपाल भ्रमणमा पठायो । अनि भ्रमणको उद्देश्य थियो- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई फुटबाट जोगाउनु । त्यसैले पनि यो घटनाले अन्तराष्ट्रिय सञ्चार माध्यमको ध्यान खिच्नु स्वाभाविकै थियो । भारत...
आदिल खानको दोहोरो शतक ।

आदिल खानको दोहोरो शतक ।

खेलकुद, व्यानर न्यूज
  पुस १६, काठमाडौं । प्रधामन्त्री (पीएम) कप राष्ट्रिय पुरुष प्रतियोगिताको लागि बागमती प्रदेश स्तरीय छनोट खेलमा आदिल खानले दोहोरो शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान बिहीबारदेखि सुरु भएको बागमती प्रदेश स्तरीय छनोट प्रतियोगितामा ललितपुरका लागि खेलेका आदिलले घरेलु टोली त्रिभुवन विश्वविद्यालय (टीयू) को टिम विरुद्ध दोहोरो शतक प्रहार गरेका हुन् । आदिलले २०१ रन बनाए । घरेलु क्रिकेटमा यसअघि मेहबुब आलमले एकै खेलमा नटआउट २५६ रन बनाएका थिए । सन् २००५ मा इस्टर्न रिजन स्तरीय खेलमा मेहबुबले उदयपुर विरुद्ध २५६ रन बनाएका थिए । उनले १२३ बल खेल्दै २६ चौका र १८ छक्का प्रहार गरेका थिए । ४० ओभरको खेलमा ओपनिङ गरेका आदिलले २०१ रन बनाए । उनले १२१ बल खेल्दै १६ चौका र १५ छक्का प्रहार गरे । उनले बाउन्ड्रीबाट मात्रै १५२ रन बनाएका हुन् । पहिलो विकेटका लागि आदिल...
अनलाइनमार्फत श्रम स्वीकृति भोलिदेखि पुनः सुचारु हुने ।

अनलाइनमार्फत श्रम स्वीकृति भोलिदेखि पुनः सुचारु हुने ।

व्यानर न्यूज, समाचार
पुस १६, काठमाडौं । वैदेशिक रोजगार विभागले भोलि (शुक्रबार) देखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनमार्फत आवेदन दिएर श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो । वैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले पुनः श्रम स्वीकृति लिनुपरेमा विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (एफईआईएमएस) मार्फत फारम भर्न सक्नेछन् । अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेपछि विदेशमा बसेका नेपालीहरुलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हटने छ ।...
नेपाल भ्रमणको क्रममा बीआरआई र अन्य पारस्परिक विषयमा छलफल : चीन

नेपाल भ्रमणको क्रममा बीआरआई र अन्य पारस्परिक विषयमा छलफल : चीन

व्यानर न्यूज, समाचार
पुस १६, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ गैचोको नेपाल भ्रमणको समयमा अन्तरपार्टी अन्तर्क्रिररया संचालन र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा व्यवहारिक सहकार्यलाई अगाडि बढाउने विषयमा छलफल भएको प्रतिक्रिया दिएको छ । चार दिने नेपाल भ्रमणको समयमा चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको थियो । तर, सो भ्रमणको बारेमा चिनियाँ पक्षले केही पनि बोलेको थिएन । चिनियाँ विदेश मन्त्रालयमा नियमित हुने पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले विहीबार भने,‘चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको अन्तर्राष्ट्रिय विभागको एक टोलीले हालै नेपाल भ्रमण गरेर सत्तारुढ र विपक्षी राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको छ ।’ उनले अगाडि भनेका छन्,‘उनीहरुले अन्तरपार्टी अन्तर्क्रिररया संचालन, बीआरआईमा सहकार्य बढ...