Thursday, May 21[email protected]
Shadow

भारतीयले मनायो ७२औं गणतन्त्र दिवस

काठमाडौं, माघ १३ । भारतीय राजदूतावासले मंगलबार भारतको ७२औं गणतन्त्र दिवस मनाएको छ ।

सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराए । त्यस अवसरमा उनले भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

दिवसको अवसरमा राजदूत क्वात्राद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको पनि दूतावासले जनाएको छ । दूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान पनि गरेको थियो । यस्तै राजदूत क्वात्राले इण्डिया हाउसमा स्वागत समारोहको आयोजना गरे । उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीे मुख्य अतिथिका रुपमा सरिक थिए ।

समारोहमा नेपालका भूतपूर्व राष्ट्रपति रामवरण यादवले www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गरेका थिए ।

Leave a Reply

Your email address will not be published.