Thursday, May 21[email protected]
Shadow

रौतहटमा जसपा नेपालद्वारा केपीको बिरुद्धमा ठुलो जनप्रदर्शन गरियो।

अरविन्द कुमार यादव

रौतहट ,२३ माघ ।

अलोकतान्त्रिक ,गैरसंवैधानिक केपि ओलिले कदम चालेको विरुद्धमा जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा रौतहट लगायत देश भरमै आज शुक्रबार जिल्लाको सदरमुकाम स्थित प्रदर्शन गरिएको छ।
पुस ५ गते प्रधानमन्त्री केपि शर्मा ओलिले आफ्नो पार्टीको झगडा समाधान गर्न नसकेको अवस्था महसुस गरे लगत्तै संसद विघटन गरेको थिए सोको विरुद्धमा रौतहटको सदरमुकाम गौरको मधेसी क्रान्ति चौकबाट निस्केको बिरोध प्रदर्शन रैली नगर परिक्रमा गरि धरकन चौकमा कोणसभामा परिणत भएको थियो।
कोणसभामा युवा नेता एवं जिल्ला समन्वय समिति रौतहटको उपसभापति राम अशिष राय यादवले सम्बोधन गर्दै भने सङघियता बचाउन कुनै कसर पार्टीले बाकी राखेको छैन उनले बताए ।मधेस आन्दोलनले सङघियतालाई ल्याएको उनले भने केपि ओलिले गैरलोकतान्त्रिक कदम चालेकोले अब जनता चुपचाप बसेर देख्ने वाला छैन उपसभापतिले बताए।
बिरोध प्रदर्शन रैलीमा जसपा रौतहट पूर्व उपाध्यक्ष श्यामविहारी यादव लगायतका नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको समाजवादी विद्यार्थी युनियन संघका केन्द्रिय सदस्य ललन यादवले जानकारी गराएका हुन।

Leave a Reply

Your email address will not be published.