Thursday, July 30[email protected]
Shadow

समाचार

पक्राउ पर्ने भइन गायिका आस्था राउत

पक्राउ पर्ने भइन गायिका आस्था राउत

मनोरन्जन, समाचार
काठमाडौं । गायिका आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानबाट बाहिर जाने क्रममा सुरक्षा जाँचमा खटिएकी एक महिला प्रहरीले आफूलाई अभद्र व्याहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल मार्फत प्रहरी कर्माचारी माथि आक्रोसपूर्ण अभिव्यक्ति सार्वजनिक गर्नु भएको थियो । सोही विषयमा उहाँलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताउनुभयो ।...
ट्विटर सीईओको यु टर्न : ‘इडिट’ फिचर आउने सम्भावना समाप्त

ट्विटर सीईओको यु टर्न : ‘इडिट’ फिचर आउने सम्भावना समाप्त

समाचार, सूचना प्रविधि
फेसबुकमा आफूले राखेको स्टाटस तथा गरेका कमेन्टहरू इडिट गर्न सकिन्छ । तर ट्विटरमा चाहिँ एकपटक गरेको ट्विट सच्याउन, थपघट गर्न अर्थात् सम्पादन गर्न सकिँदैन । आफ्नो ट्विटमा गलत लेखिएको भएमा वा भाषा मन नपरेमा सच्याउन नसकिने भएको हुँदा डिलिट गर्नुमात्र अन्तिम विकल्प हुन्छ । प्रयोगकर्ताहरूले लामो समयदेखि ट्विटरमा मिस गरिरहेको एउटा महत्त्वपूर्ण फिचर नै यहीँ इडिट फिचर हो । गत वर्ष ट्विटरका सीईओ ज्याक डोर्सी स्वयंले ट्विटरमा इडिट बटन छिट्टै नै उपलब्ध हुने बताएपछि ट्विटर प्रयोगकर्ताहरू इडिट बटनको व्यग्र प्रतीक्षा गरिरहेका थिए । तर ट्विटर प्रयोगकर्ताको त्यो आशामा तुषारापात भएको छ । माइक्रो ब्लगिङ साइटमा इडिट बटन थप्ने आफ्नो पूर्व योजनाबाट ट्विटर युटर्न भएको छ । एक वर्ष अघिको आफ्नै वाचा तोड्दै ट्वीटर सीईओ डोर्सीले ट्विटरमा सायद कहिल्यै पनि इडिट फिचर उपलब्ध नहुने प्रष्ट पारेका छन् । हालैको एक अन्त...
झुक्यो फेसबुक चिनियाँ राष्ट्रपतिसँग

झुक्यो फेसबुक चिनियाँ राष्ट्रपतिसँग

जीवनशैली, विजनेश, समाचार, सूचना प्रविधि
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग माफी मागेको छ । राष्ट्रपति सी म्यानमार भ्रमणमा छन् । भ्रमणमा क्रममा सी र म्यानमाकी नेतृ आङसाङ सूचीबीच भेटवार्ता भयो । यो भेटका क्रममा बर्मेली भाषाको फेसबुक पोष्टमा राष्ट्रपति सीको नामको अनुवाद अंग्रेजीमा ‘शितोले’ भएको थियो । यो पोष्ट सूचीको आधिकारिक अकाउन्टबाट शेयर भएको थियो । तर फेसबुकले यसमा माफी मागेको छ । प्राविधिमा आएको समस्याका कारण यस्तो भएको भन्दै फेसबुकका प्रवक्ता एन्डी स्टोनले भनेका छन्, ‘यस्तो नहुनुपर्ने थियो । यसमा हामी महत्वपूर्ण कदम चाल्दैछौं ताकि फेरि यस्तो गल्ती नहोस् ।’ फेसबुकले यो पनि स्वीकार गरेको छ कि सीको नाम डाटाबेसमा राखिएको थिएन । त्यसैले गल्ती भयो । यदि फेसबुकको डाटा बेसमा कुनै शब्द भेटिएन भने अनुवादका क्रममा मिल्दोजुल्दो अर्को शब्द लिन्छ । बर्मीजमा जुन शब्द ह्ष् वा क्जष् बाट सुरु हुन्छ, त्यसलाई...
तमोर जलाशयुक्त आयोजना : लगानी बोर्ड र पावर चाइनाबीच सम्झौता

तमोर जलाशयुक्त आयोजना : लगानी बोर्ड र पावर चाइनाबीच सम्झौता

विजनेश, समाचार
काठमाडौँ । पूर्वको मोतीका रुपमा परिचित तमोर जलाशयुक्त आयोजना अगाडि बढाउने विषयमा लगानी बोर्ड नेपाल र चिनियाँ कम्पनी पावर चाइनाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्डको कार्यालयमा आज भएको समझदारीपत्रमा बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनीका प्रमुख कार्यकारी अधिकृत र पावर चाइनाका उपाध्यक्ष पानबीच हस्ताक्षर भएको हो । कूल ७५६ मेगावाट क्षमताको सो आयोजनाको सर्वेक्षण अनुमति लिएको दुई वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाउने सहमति भएको छ । समझदारी भएलगत्तै एचआइडिसिएल र पावर चाइनाले संयुक्तरुपमा डिपिआर तयार पार्नेछन् । सर्वेक्षण अनुमतिका लागि कम्तीमा छ महिना लाग्नेछ । त्यस आधारमा दुई वर्षभित्र आयोजनाको सम्पूर्ण डिपिआरको काम सम्पन्न गरिनेछ । बोर्डका प्रमुख कार्यकारी अधिकृत अधि...
सेयर बजारमा सुधार, साढे ३३ अङ्कले बढ्यो नेप्से

सेयर बजारमा सुधार, साढे ३३ अङ्कले बढ्यो नेप्से

विजनेश, समाचार
काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा आजको वृद्धिले नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३३।४३ विन्दुले वृद्धि भई एक हजार ३४३।६५ मा पुगेको हो । प्रतिशतका आधारमा नेप्सेमा २।५५ वृद्धि देखिएको हो । यस्तै सेन्सेटिभ परिसूचक ५।५२ विन्दुले बढेर २८८।३९ मा पुगेको हो । नेप्सेले ‘बुलिस टे«न्ड’ पछ्याउँदा कारोवार रकमले पनि नयाँ उचाइ कायम गरेको छ । कूल १७८ कम्पनीको ६१ लाख ३१ हजार ४१८ कित्ता शेयर रु दुई अर्ब नौ करोड आठ लाख ७७ हजार ९१७ बराबरको कारोवार भएको हो । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूह ७।९८ ले घट्दा बैंकिङ १७।९४, होटल ४९, विकास बैंक ६६।५३, जलविद्युत् ४५।४६, निर्जीवन बीमा ३३७।०२, उत्पादन ५९।९४, अन्य १२।३६, लघुवित्त ३२।०६, ज...