भारतीय स्मार्टफोन बजारमा शाओमीको हिस्सा बढ्यो
भारत । चिनियाँ प्रवधि कम्पनी शाओमी भारतमा सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनी हो । पछिल्ला केही वर्षमा भारतीय स्मार्टफोन बजारमा शाओमीको हिस्सा ह्वात्तै बढेको छ ।
शाओमीले २ साताअघि भारतमा ‘फ्ल्याश सेल’मा राखेको नयाँ मोडलको रेडमी नोट ८ अनलाइनमा १५ मिनेटभित्र बिकिसकेको थियो । यसले पनि त्यहाँ शाओमीको व्यापार कति महत्त्वपूर्ण छ भन्ने पुष्टि गर्छ ।
प्रविधि पत्रकार माला भर्गाभा शुरूमा अनलाइनमा रजिस्टर गरेर फ्ल्याश सेलमा आँखा दौडाउने जो कोही आकर्षित हुने बताउँछिन् । शाओमीले अन्य अफलाइन स्टोरबाट पनि मोबाइल विक्री गर्दै आएको छ । तर ती सबै मोडल शुरूमा अनलाइनमा विक्री गरिन्छ । उक्त मोडलको आधाभन्दा बढी व्यापार अनलाइनबाटै हुने गर्छ ।अनलाइन समुदायलाई यो ब्रान्डले आफूमा यसरी तान्नु आश्चर्यजनक रहेको दूरसञ्चार प्रविधि कम्पनी कन्जर्भेन्स क्याटलिस्टका जयन्त कोला बताउँछन् । शाओमीको प्रवेश भारतमा सन् ...
