डोरबहादुरको ‘फेटालिज्म एन्ड डेभलप्मेन्ट’ नेपालीमा
काठमाडौं । मानवशास्त्री प्राध्यापक डा। डोरबहादुर विष्टको पुस्तक ‘फेटालिज्म एन्ड डेभलप्मेन्ट’ नेपाली भाषामा प्रकाशित भएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा पुस्तकको नेपाली अनुवाद ‘भाग्यवाद र विकास’ लाई मानवशास्त्री बिहारीलाल श्रेष्ठले विमोचन गरेका थिए।
पहिलो पटक सन् १९९१ मा प्रकाशित यो पुस्तकको नेपाली अनुवाद कर्णाली इन्स्टिच्युट र त्रिभुवन विश्वविद्यालय केन्द्रीय मानवशास्त्र विभागले विष्टको ९३ औं जन्मोत्सवको अवसरमा सार्वजनिक गरेको हो। विमोचनलगत्तै पुस्तकले नेपाल र नेपालीको अवस्थाको परिकल्पना गरेको श्रेष्ठले बताए। ‘नेपाल आधुनिक गतिमा किन अघि बढ्न सकेन भन्ने दृष्टिकोण पुस्तकमा समेटिएको छ,’ उनले भने।
‘फेटालिज्म एन्ड डेभलपमेन्ट’ का अनुवाद वसन्त थापा नेपाली समाजको वास्तविकता बुझ्न चाहनेहरूका लागि पुस्तक उपयोगी हुने बताए। नेपालको विकासमा असर पारेको हुँदा यहाँको सांस्कृतिक र सामाजिक ...
