मानव अधिकारको जुहारी
डा। टीकाराम पोखरेल
नेपालमा मानवअधिकारको अवस्था कस्तो छ रु प्रश्न यति भए पुग्छ । उत्तर बग्रेल्ती हुन्छन् । मानवअधिकारको अवस्था राम्रो र नराम्रो भन्ने पक्ष र विपक्षमा लामो जुहारी चल्छ । नागरिक समाज र मानवअधिकारकर्मी भन्छन्– नेपालमा मानवअधिकारको अवस्था खत्तम छ । सरकार भन्छ– सब ठीकठाक छ । यही खत्तम र ठीकठाकलाई पुष्टि गर्न सरकारी र गैरसरकारी दुवै क्षेत्रले आ–आफ्नो बल खर्च गर्दा मानवअधिकारका क्षेत्रमा जुहारीको लामो शृङ्खला नै बन्छ । मानवअधिकारको सवालमा यो पक्ष र विपक्षको बहस लामो समयदेखि चलिआएको छ र कर्तव्य र दायित्वबोध नभएसम्म चली नै रहन्छ ।
पक्ष र विपक्षमा फरक फरक धारणा आउनुको कारण भरपर्दो तथ्याङ्कको अभाव हो । तथ्याङ्कमा आधारित मानव अधिकारको विश्लेषण भए जसले जस्तो चाह्यो त्यस्तै विश्लेषण हुनसक्ने थिएन । एउटै सवालमा फरक फरक बुझाइ हुने थिएनन् । मानव अधिकारको विषयमा अहिले हामी वर्ग, क्षेत्र...
