रौतहट, ८ असोज
पवन राज गुप्ता
तिन दिन देखि निरन्तर रुपमा परिरहेको अविरल बर्षाबाट रौतहट जिल्लाको जनजीवन प्रभावित बनेको छ । गत मंगलवार देखि निरन्तर रुपमा भईरहेको अविरल बर्षाको कारण जिल्लाको प्रमुख नदी वागमती, लाल बकैया तथा लमहा, झाझ, चाँदी, भकुवा, अरुवा, तरहरी लगायतका विभिन्न सहायक खालाहरुमा जलस्तरमा निकै वृद्धि भएको हुँदा खोला आसपासका गाउँका बासिन्दाहरुलाई सजग भएर रहन स्थानीय प्रशासनले सुचना मार्फत सजग गराइसकेको हो ।
बिहान देखि बेलुकासम्म निरन्तर परिरहेको पानीले गर्दा जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, कटहरिया सहित १८ वटै स्थानीय तहमा रहेका सरकारी कार्यालयहरुमा कामका लागि जाने सेवाग्राहीको संख्या न्यून देखिएको छ।
भारी बर्षाले गर्दा किसानलहरु लाई पनि समस्या देखीएको छ।
करोना (कोविद)-१९ को कारण लकडाउन ले गर्दा किसान हरु लाई पटक पटक समस्या देखा परेको छ।
आउदो १०गते सम्म बर्षा हुने सम्भनवना देखिन्छ मौसम विभाग ले जानकारी गराउनु भएको छ।
