पुस १, काठमाडौं । कोरोनाका कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन ।
काठमाडौं महानगरपालिकाले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो । छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुली, स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्रमान श्रेष्ठ, काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेल, काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकाल लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहेको थियो ।
