,२५ भदौ।
पवन राज गुप्ता
रौतहटको ईशनाथ नगरपालिकामा चौथो नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय सभाकक्षमा आयोजित कार्यक्रम दिप प्रज्योलन गरि नगर सभाका खुल्ला सत्र सुरु भएको थियो। हिजो बुधबार आयोजित नगर सभा कार्यक्रम बीच नगर प्रमुख संतोष कुमार मेहताको अध्यक्षतामा नगरपालिकाको चौथो नगरसभा भव्याताका साथ सम्पन्न भएको हो ।
नगरसभाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा नगरको समग्र विकासका लागि ३८ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि ईशनाथ नगरपालिकाले आफना चौथो नगरसभाबाट ३८ करोड ५० हजार ५७० रुपैया बजेट पारित गरेको छ ।
