Thursday, May 21[email protected]
Shadow

साना तथा मझौला व्यवसाय दिवसका अवसरमा महासंघको शुभकामना

काठमाडौं । विश्वव्यापी रुपमा मनाइन लागेको साना तथा मझौला व्यवसाय दिवसको अवसरमा मुलुकभरका समस्त लघु, घरेलुु तथा साना उद्यमीहरुलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले शुभ–कामना व्यक्त गरेको छ ।
जुन २७ तारिख अर्थात २०७७ असार १३ गते विश्वव्यापी रुपमो साना तथा मझौला व्यवसाय दिवसका रुपमा मनाइदै आइएको छ ।
अरु मुलुकमा साना तथा मझौला व्यवसाय (एसएमई) भन्ने गरिएतापनि नेपालको परिप्रेक्ष्यमा लघु, घरेलु तथा साना उद्योगको रुपमा चिनिने गरेको भन्दै महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले यस्ता उद्योगहरुको विकास र प्रवद्र्धनका लागि हरेक वर्ष वल्र्ड एसएमई डे को रुपमा मनाइने गरिएको बताउनुभयो ।
यसै सन्दर्भमा जुन २७ तारिखका दिन नेपालमा पनि लघु, घरेलु तथा साना उद्यमीहरुले विविध कार्यक्रमहरुको आयोजना गरि उक्त दिवस मनाइने गरिएको हुँदा मुलुकको आर्थिक समृद्धिको आधारस्तम्भको रुपमा रहेका सम्पूर्ण लघु, घरेलु तथा साना उद्यमीहरुलाई महासंघले बधाई तथा शुभ–कामना व्यक्त गरेको छ ।
हुनत कोभिड–१९ को संक्रमणका कारण विश्वका हामी जस्ता कैंयौं उद्यमीहरुले अनेक किसिमका समस्याहरुको सामना गर्दै आएको वर्तमान अवस्थामा हर्षोल्लासका साथ यो दिवस मनाउन संकुचित हुनु परेको भएतापनि आजको दिनलाई सवै समस्यालाई भुलेर कोभिडको संक्रमणबाट बच्दै वल्र्ड एसएमई डे मनाऔं भन्ने आग्रह महासंघले गरेको छ ।
साथै कोभिड–१९ को संक्रमणबाट पीडित सबैमा शीघ्र सु–स्वास्थ्य लाभको कामना सहित यस विषम परिस्थितिमा स्वास्थ्यको प्रोटोकल पालना गर्न पनि महासंघको आग्रह छ ।

Leave a Reply

Your email address will not be published.