
पौष २, काठमाडौं, भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर(बिजोर प्रणाली हट्ने भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निणर्य गरेको हो ।
बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निणर्य गरेको हो। कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए।
अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको जोर(बिजोर प्रणाली नहटाएको भन्दै व्यवसायी तथा जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निणर्य भएको छ।
विगतमा भीडभाड कम गर्न जोर(बिजोर प्रणाली लगाए पनि अहिले अरू कुनै खालका प्रतिबन्धहरू नभएकाले अब जोर(बिजोर मात्रै लगाएर राख्दा सार्वजनिक सवारीमा जोखिम बढ्ने महासंघको भनाइ थियो।
बैठकमा भएको सहमति अनुसार यातायात व्यवसायीले स्वास्थ्य प्रोटोकल पूणर् रुपमा पालना गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए। सर्वसाधरणले गुनासो गरेका थिए।
