काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२०२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । २४ घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट थप १२०१ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा १०१७६ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । थपिएका संक्रमितसँगै हालसम्मका कुल ५३१२० जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ८५२ जना संक्रमित संक्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३७५२४ पुगेको छ ।

