काठमाडौं । विश्वस्तरमा मनाइने साना तथा मझौला व्यवसाय दिवस ९जुन २७० को अवसरमा साउथ एसियन कन्ट्रिज एसएमई फोरमले समस्त लघु, घरेलुु तथा साना उद्यमीहरुमा हार्दिक शुभ–कामना व्यक्त गरेको छ ।
पाश्चात्य मुलुकहरुमा साना तथा मझौला व्यवसाय९एसएमई० भन्ने गरिएता पनि दक्षिण एशियाली मुलुकहरुको परिप्रेक्ष्यमा लघु, घरेलु तथा साना उद्योगको रुपमा चिनिने गरेको फोरमका अध्यक्ष सुरेश प्रधानले बताउनुभयो । यस्तै उद्योगहरुको विकास र प्रवद्र्धनका लागि हरेक वर्ष विश्व एसएमई दिवसका रुपमा मनाइने गरेको सन्दर्भमा यस वर्ष पनि जुन २७ तारिख मनाइने भएको छ । यस दिन नेपाल लगायत सबै जसो देशमा लघु, घरेलु तथा साना उद्यमीहरुले विविध कार्यक्रमहरुको आयोजना गरि उक्त दिवस मनाइने गरिएको हुँदा मुलुकको आर्थिक समृद्धिको आधारस्तम्भको रुपमा रहेका सम्पूर्ण लघु, घरेलु तथा साना उद्यमीहरुलाई फोरमले बधाई तथा शुभ–कामना व्यक्त गरेको छ ।
कोभिड–१९ कोरोना भाईरस महामारीका कारण विश्वभरका उद्यमीहरुले अनेक किसिमका समस्याहरु भोग्दै आएको वर्तमान अवस्थाले हर्षोल्लासका साथ यो दिवस मनाउन संकुचित हुनु परेको भएतापनि आजको दिनलाई सबै समस्यालाई विर्सेर विश्व एसएमई दिवस मनाउन फोरमले आग्रह गरेको छ ।

