Thursday, May 21[email protected]
Shadow

सेञ्चुरी र माउण्ट प्रिन्सेसबीच छुट दिने सम्बन्धि सम्झौता

काभ्रे । सेञ्चुरी कमर्सियल बैङ्क र धुलिखेलमा रहेको माउण्ट प्रिन्सेस होटलबीच ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट दिने सम्झौता भएको छ ।
सोमबार एक कार्यक्रमकाबीच धुलिखेल शाखाका शाखा प्रबन्धक दीपक ढुङ्गाना र माउण्ट प्रिन्सेस होटलका प्रमुख कार्यकारी अधिकृत जोत्सना सैंजुले हस्ताक्षर गर्नुभएको हो ।


बैङ्कले आफ्ना ग्राहकहरुले डिजिटल माध्यमबाट भुतmानी गर्दा १० प्रतिशत छुट पाउने ब्यवस्था मिलाएको छ । नेपाल भ्रमण बर्ष २०२० मा काठमाडौंबाट नजिकको पर्यटकीय गन्तब्य “पर्यटन विकासको एउटै लक्ष्य, धुलिखेलको उज्जवल भविष्य“ सफल पार्न बैंकले आफ्ना देशैभरका खातावाला डेविट तथा क्रेडिट कार्ड ग्राहक र संस्थापक शेयरधनीलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको धुलिखेल शाखाका प्रमुख बजार व्यवस्थापक हरिकृष्ण दाहालले जानकारी दिनुभयो ।
सम्झौता अनुसार बैंकको देशैभरका खातावाला डेविट तथा क्रेडिट कार्ड ग्राहक र संस्थापक शेयरधनीले होटलको रुम बुकिङ र फुड एण्ड बेभरेजलगायतका सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् ।
यसैगरी, सेञ्चुरी कमर्सियल बैङ्क साँगा शाखाले आफ्ना ग्राहकलाई दिने कर्जा सहुलियतका बारेमा जानकारी दिएको छ ।
शाखा प्रबन्धक श्रवणकुमार घिमिरेले समुदायमा बैङ्कका सुविधाहरु तथा सहुलियतपूर्ण कर्जाको जानकारी गराइएको जानकारी दिनुभयो ।
उक्त बैङ्कले देशभर १३८ स्थानबाट बैकिङ सेवा र ८३ वटा एटिम मार्फत सेवा पु¥याउँदै आएको दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रे जिल्लामा साँगा, नाल्दुम नगरकोट, नाला, बनेपा, पनौती, धुलिखेल र दोलालघाटबाट बैङकले सेवाप्रवाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.