Monday, July 27[email protected]
Shadow

प्रेस सङ्गठन नेपाल, भक्तपुरले पायो पूर्णता

प्रेस सङ्गठन नेपाल, भक्तपुर जिल्ला कमिटीले आज पूर्णता पाएको छ । उपत्यका प्रदेश कमिटीका संयोजक नवराज दाहाल तथा सह–संयोजक प्रकाश सिलवालसहितको नेतृत्वमा प्रेस सङ्गठन भक्तपुर जिल्ला कमिटी संयोजक कविता थापा र सह–संयोजक सञ्जीप शुभचिन्तक (घिमिरे) को अध्यक्षतामा बसेको बैठकले २९ सदस्यीय जिल्ला कमिटी विस्तार गर्दै पूर्णता दिएको हो ।

जिल्ला कमिटीको सदस्यहरुमा हेमराज ढकाल, रोशन गाउँले, जीतेन्द्र श्रेष्ठ ‘रसिक’, बाबुकाजी श्रेष्ठ, चुडामणि पौडेल, अनिलमल्ल ठकुरी, अन्जना शिल्पकार, सविना केसी, प्रेमप्रसाद पाण्डे, चन्द्रकृष्ण श्रेष्ठ, किरण बुढाथोकी, नारायण थापा, सर्मिला शिल्पकार, राजकुमार लामिछाने, सुन्दर विष्ट, वीरेन्द्र चम्लागार्इं, भूमिराज अधिकारी, ऋषिकेश श्रेष्ठ, कविता अधिकारी, रोशनराज अर्याल, सिर्जना खतिवडा, आशिष पौडेल, दिनेश कार्की, जमिन राई, सन्तोष आचार्य, सरिना श्रेष्ठ, रामसुन्दर खाइतु, रहेका छन् ।

Leave a Reply

Your email address will not be published.