रौतहट
पवन राज गुप्ता
२८ गतेको जनसभामा रौतहट बाट ठुलो संख्यामा सहभागी हुन ने.क.पा जिल्ला इन्चार्ज समीर भटराई को अपील गरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले यही माघ २८ गते बुधबार काठमाडौंमा विशाल जनसभा गर्ने भएको छ । त्यसको लागि तयारी भैरहेको नेताहरुले जनाएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो अपिल गरेका हुन् । यसअघि दाहाल–नेपाल समूहले माघ २२ गते देशव्यापी आम हड्ताल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दाहाल–नेपाल समूह उक्त कदम असंवैधानिक भन्दै सडक संघर्षमा उत्रिएको छ ।
