Monday, July 27[email protected]
Shadow

ओलीले भारतीय मीडियामा भने–चुनावपछि फेरि सत्तामा आउँछु

पौष-२७

रौतहट

पवन राज गुप्ता

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने निर्वाचनपछि फेरि आफू नै सत्तामा पुग्ने दावी गरेका छन् । सोमबार टेलिभिजन ‘जी न्यूज’लाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले वैशाखमा हुने निर्वाचनमा आफ्नो पार्टीले अत्यधिक बहुमत ल्याउने दावी गरे । ओलीले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेका छन् ।

नेपाली जनताले विकास, समृद्धि चाहेको र जनताको त्यो चाहनालाई पूरा गर्न आफूले सार्थक प्रयास गरिरहेको समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published.