बारा
असोज-१५
चार महिनामा १२ लाखको अवैद्य सामान भन्सार दाखिला
मटिअर्वा प्रहरी चौकीले चार महिनाको अवधिमा करिब १२ लाखको अवैद्य मालसामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको छ ।

प्रहरी नायब निरीक्षक अशोक कुर्मीको सक्रीयताका कारण मटिअर्वा प्रहरी चौकीले जेठ महिना देखी असोज सम्मको ४ महिनाको
-
अवधिमा १२ लाख बराबरको अवैद्य सामान पक्राउ गरि भन्सार बुझाएको हो । जेठ महिनाको दोश्रो साता देखी प्रहरी चौकी मटिअर्वाको कमाण्ड सम्भालेका प्रनानी कुर्मीले वितेको जेठ १६ गते देखी असोज १३ गतेको अवधि सम्ममा करिब १२ लाख बराबरको अवैद्य कपडा, सुर्ती, किराना सामाग्री, कस्टमेटीकका सामान, रक्सी, चिनी, केराउ, मटर लगायत तस्करीमा प्रयोग भएको गाडि समेत पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको हो । सिमामा हुने अनियमीत कामलाई शुन्यमा झार्ने उद्देश्यका साथ तस्करहरु विरुद्ध विशेष अभियान संचालन गरेका प्रनानी कुर्मीले कम समयमै ठुलो सफलता हाथ पारेका छन् । लकडाउन र निषेद्याज्ञाका बिच सिमा पारि भईरहको तस्करी रोक्न लागिपरेका प्रनानीको कामबाट स्थानीय खुशि भएका छन् ।
