Thursday, May 21[email protected]
Shadow

मयुँरका पखेटा बरामद

 

सर्लाही । ब्रह्मपुरीकाट प्रहरीले बेवारिसे अवस्थामा मयँुरको पँखेटा बरामद गरेको छ । ब्रह्मपुरी गाउँपालिका–५ सखुवाबाट बेवारिसे अवस्थामा छाडिएका तीन पोका मयँुरका पँखेटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी चौकी पर्साको टोलीले गस्ती गर्ने क्रममा आइतबार साँझ बेवारिसे अवस्थामा तीन पोका मयँुरका पँखेटा बरामद गरेको जनाइएको छ । डिभिजन वन कार्यालयसँग समन्वय गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

उक्त पँखेटा भारततर्फ तस्करी गर्न खोजे पनि सीमा पार गराउन नसक्ने भएपछि बेवारिसे अवस्थामा छाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । बरामद गरिएका मयुँरका पँखेटाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.