Thursday, May 21[email protected]
Shadow

जापानमा नेपाली खेलाडीलाई उपाधि

टोकियो । नेपाली किक बक्सिङ खेलाडी अबिरल घिमिरेले टोकियोमा आईतबार भएको हिट ४६ किक बक्सिङको टाईटल जित्न सफल भएका छन्। टोकियोमा भएको भिडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर २१ बर्षिय अबिरलले हिट ४६ किक बक्सिङको टाईटल उपाधि जितेका हुन्।पछिल्लो समय किक बक्सिंगमा निरन्तर जित हात पार्दै आएका अविरल जापानमा हिमालयन चितुवाको नामले परिचित छन्। जापानको नागोया शहरमा रहेर किक बक्सिङका व्यवसायिक खेल खेल्दै आएका अबिरल जापानमा नेपालको प्रतिनिधित्व गर्दै खेल्ने गर्दछन्।

आफुले जितेका प्रतिस्पर्धा मध्येकै ठूलो जित हात पारेका अबिरलले खेलको रिंग भित्रबाटै उपस्थित सयौं जापानी नागरिकहरूलाइ नेपाल भ्रमणको निम्तो दिदै नेपाल भ्रमण वर्ष २०२० को प्रचार समेत गरे।
पहिलो राउण्डमा जापानकै च्याम्पियन बनिसकेका बक्सरलाई पहिलो राउण्डमै सोझो सेटमा मैदान ढालेर नेपाली झण्डा फहराउँदै अबिरलले नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार गरेका छन्। जापान बसाईको चारवर्षे अवधिमै किक बक्सिङको व्यवसायिक खेलमा एकदर्जन खेलमा जीत दर्ता गराएका अबिरलले आफ्नो जितको उपाधि पिता तथा प्रशिक्षक देव घिमिरे र अर्का जापानी प्रशिक्षकमा समर्पण गर्ने बताउँदा खेल हेर्न उपस्थित दर्शकहरुले भावुक बन्दै तालिबजाएर अबिरलको प्रशंसा गरेका थिए।
खेलपछि प्रतिक्रिया दिंदै अबिरलले जापानवासी नेपालीहरुबाट पाएको साथ र सहयोगबाटै खेल जित्न सकेको भन्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए।
उनको हौसला बढाउन जापानबासी नेपालीहरु नेपाली झण्डा सहित हलमा उपस्थित भएका थिए।

Leave a Reply

Your email address will not be published.