पुस १४, काठमाडौं । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसान सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको हृदयघातका कारण मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको छ ।
उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । ‘मृतक यादवले अन्नपूणर् चिनी मिलसँग २४ लाख ६३ हमार रुपैयाँ पाउन बाँकी थियो, काठमाडौं जारी आन्दोलनपछि आफूले एक रुपैयाँ पनि बक्यौता नपाएको उनले बताएका थिए । मृतक यादवलाई बैंकको १८ लाख रुपैयाँ ऋण रहेको र पैसा नलिई आन्दोलन नत्याग्ने बताउँदै आएका यादव सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्ता र सहमति सहभागी थिएनन् ।
चाबहिलको कृष्ण प्रणामी मन्दिरमा बसेर यादव काठमाडौंमा जारी आन्दोलनमा सहभागी थिए ।
